kavita

कबिता


मन लाग्यो

धुंजा धुंजा फाटेको मन आज त सिउन मन लाग्यो |
किनेको रक्सी हैन अरुनै नशा पो पिउन मन लाग्यो |
मरीसकेको जीवन कसैको सामिप्यले जिउन मन लाग्यो |
भन्छु भनेका कुरा भन्न नसक्दा जहर पिउन मन लाग्यो|

बेमौसममै भए पनि ढकमक्क फेरी फुल्न मन लाग्यो |
मरिसकेको लास हो त्यो अतितलाई भुल्न मन लाग्यो |
माकुराले जालो लगाएको बस्ति कमेरोले पोत्न मन लाग्यो|
बाँझो पल्टिएको उजाड खेत जसो तसो जोत्न मन लाग्यो|

ओठ सापती मागेर भए पनि आज हाँस्न मन लाग्यो |
बैशाखी मागेर भए पनि एकै क्षण नाँच्न मन लाग्यो|
बरु सेकेन्ड मात्रै भए पनि खुसी भएर मर्न मन लाग्यो |
बरु बगाए बगावस उनलाई भेट्न खोला तर्न मन लाग्यो|

हारीसकेको जीवन कसैको साथले जित्न मन लाग्यो |
थाकीसकेको जीवन कसैको सहाराले हिडन मन लाग्यो |
निभन लागेको दिपमा आशाको तेल थप्न मन लाग्यो |
नदेखेको नभेटेको पराइ मान्छेको नाम जप्न मन लाग्यो|

छक्कु "उदासी"
म्याग्दी नेपाल
हाल: टोकियो जापान

4 comments:

  1. एक दमै मार्मिक अनि मन छुने यो कविताले कता कता झस्किन पो पुगे छु छक्कु जी | प्रगतीको बाटोमा लागि रहनु होला मेहनत नै सफलताको पर्तिक हो| रक्सि किन पिउछां यो कस्तो चिज हो मत चिन्नै सकी रहेको छुइना |


    कुमार राई

    ReplyDelete
  2. निराश जीवन जिउनेहरुको लागि यो कबिताले अबस्यनै केहि सन्देश र नयां उर्जा दिनेछ ।

    सुरेश

    ReplyDelete
  3. कबिताले मजाको उत्साह बोकेको छ, बेमौसममा पनि धेरै ठुलो आस्था फुलाउने एउटा बिरुवा रोपिएको छ, तपाईंको यात्राा सदा सदा सुखमय रहोस ।

    ReplyDelete
  4. man phate pani tapai ko saahas naphaateko maa khusi chhu, testai ho jindagi kaile haso ta kaile rodan. k he namithaa bhogai baata paakai pani pidaa hunchah tara tehi bhogai le naya mitha pal haru khojnamaa sahayogi hunchhan tesai le tapai ko naya prarambha lai subhakamanaa

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin