kavita

कबिता

"अनमिन कहा छ सिङ्गो हाम्रो नेपाल"

बाँच्नु पर्ने बाध्यताले
अनि सुख किन्ने रहरले
जन्मभुमि बाट टाडिएको
एक नेपालि हु म ।
परिस्थिती सग मुकाबिला र संझौता गर्दै
उज्वल भविश्यको खोजि गर्दैछु ……॥
जसरी
तिमी नेपालमा शान्ति खोजि रहेको छौ …॥
मलाई थाहा छ
तिमीलाई यति बेला
पसिना आई आईरहेको छ ।
यस्तै हुदो रहेछ अनमिन
जन्ता भन्दा नेता धेरै
नेता भन्दा सांसद धेरै
संासद भन्दा मन्त्रि धेरै भएको देशमा ।
तिमीले सोचे जस्तो छैन हाम्रो देश……।
ताल परे
३६५ दिन नै बन्द हुन्छ हाम्रो देश ।
अभागी जन्ताहरुको हाम्रो देश
भाग्यमानि नेताहरुको हाम्रो देश
दिन दाहडै हराउदै गरेको हाम्रो देश
आज तिमी
कानुनको कुरा गर्छौ
मानव अधिकारको कुरा गर्छौ
शान्ति र सुरक्षाको कुरा गर्छौ
अनि
नयाँ संबिधानको कुरा गर्छौ………
तर म
नेपाल को कुरा गर्छु
भन त अनमिन कहाँ छ सिङ्गो नेपाल
संमयुत्त राष्ट्रसंघको बडापत्रमा छ की
काठमाण्डौको संविधान सभा भित्र छ नेपाल
हिजोको टिस्टा र कांगडामा छ कि
किमाथाङका र सुस्तामा छ नेपाल
अनमिन आखिरी कहा छ हाम्रो सिङ्गो नेपाल

चकेद्र राई "कैदी"
धनकुटा 

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin