kavita

गद्य कविता

मत हजुर नत डिआईजी नत मन्त्री ... !

मेरो देशको नेताको नाटकसरी
व्यबहार र बोली अनी,
हालचाल सुन्न त के समाचार पृष्‍ठहरुमा
आएको अनुहार देख्न पनि नसकेर
चैतमासे हुरी चलाई
यि आँखै छेक्न मन लाग्यो।
शान्ति र न्याय मुट्ठीभर, अन्यायलाई उजागर मान्ने
यस्तो गलत र अहमताका दल्दल गृहमन्त्री प्रति नझुकी
निसंङ्कोच न्याय दिलाउँन आफ्नो दायित्व ठान्ने
कर्तब्यन्मुख डिआईजी पार्वती थापाको
न्यायिक शब्द शैलीमा कविता लेख्न मन लाग्यो।।

मत हजुर नत डिआईजी नत मन्त्री
मात्र फुट्कर कविता कोर्ने एउटा स्यानो कवि... !
कलकल बग्ने गंगाको पानी,
झर्-झर् खस्ने खोला झरनाको पानीले
जस्तो आवाज दिन्छ, त्यही बोल्छु।
ज्यानै मासी दिने त्यो पापी
बन्दुकको नालबाट उम्केको सानो धातुको टुक्रा,
सयौ टन वजनदार धातुको पोकोबाट निर्मित बमले
जस्तो आवाज दिन्छ, त्यही बोल्छु।।

पाप छैन, द्वेष छैन, ईर्ष्या छैन
फराकिलो गगनमा निलो-निलो रंगसरी
पोतिएको छ मनमा मेरो।
स्वच्छ हृदयले, यो सोझो दिलले
स्वच्छ र पवित्र नै देखेको कुरो
बोकेर हिड्छ जहिले सेरोफेरो ।

हत्या हिंसा चोरी डकैती अपहरण अनी बलत्कार
समाजमा जघन्य अपराध हो।
बिभागीय मन्त्री भएर सोही प्रबृतिका दोषीहरु माथि
बुँई चढेर नाता र कृपा गरी रहनु झन
महा अपराधी कृयाकलाप हो।
घटना घट्यो मन्त्रिकै गृह जिल्ला अछामका
आफ्नै सहकर्मी प्रहरीहरुबाट
बलत्‍कृत महिला प्रहरी सुन्तलीको केश।
आज भोलिका नेता कस्ता जनक हुन कुन्नी ?
सनक चढेपछी आफुले अधिकारी, कर्मचारी कोही चिन्दैनन,
आखिर न्यायको पक्षमा लडिरहेकी
छेत्रीय अधिकारीलाई नै
तँतँ मम गर्दै
काज समेत फिर्ता गरी पुर्‍याएछन अपमान र ठेश।
संङ्गठनको मर्यादा बिपरित गरेकी भन्दै
अपराध लुकाउन प्रयास गर्नु मन्त्रिको
बुद्धि मोटो हो कि पदावधी छोटो..!
बरु "सत्य सेवा सुरक्षणम" नारा रहित संगठनको
मर्यादा नै राख्न चाहेका हुन भने
दोषी उपर उचित सजाएको
भागीदार बनाउन नै हुने थियो महानता अनी बेश।

हावा नचली पात हल्लिदैन
दुर्घटना नभई घाईते हुँदैन,
घटेको घटनालाई जस्ताको तस्तै चित्रण गरी
सम्बन्धित निकायमा पेश गर्नु
के दोश थियो र डिआईजी को ?
आफ्नो दायित्व र धर्म भन्दा बाहिर गई
घटना घटाई दुर्घटना निम्त्याउँने,
राक्षशी र दानबी व्यबहारका पशुरुपी मानबहरुलाई
संरक्षण र छुट दिई अरु हौसला
दिने त यि यस्तै दुई दिने मन्त्रिहरु रहेछन।

सेती अञ्चल अस्पताल,
विभिन्न अधिकारवादी संघ-संस्थाहरूले पनि
महिला प्रहरी सुन्तली बलात्कृत भएकै रिपोर्ट दिएका रहेछन,
राष्ट्रिय मानवअधिकार आयोगले समेत
दोषीमाथि हदैसम्मको कारबाही गर्न
सरकारलाई सिफारिस गरेका रहेछन,
संविधानसभा महिला सभासद्हरूको टोलीले पनि
प्रतिवेदन सार्वजनिक गर्दै
अछाम जिल्ला प्रहरी कार्यालयमा
जघन्य अपराध भएको ठहराएकै रहेछन।

आखिर सत्य कुरो सत्य नै साबित हुनुपर्छ,
एउटा मन्त्रिको आदेशमा
काज रद्ध भई काठमाण्डु आएर पो के भो'र !
अन्यायमा परेकाले न्याय पाउँनु पर्छ… !
अन्यायको बिरुद्धमा लडिरहनै पर्छ… !!


{बेला-बखतमा मन्त्रिहरुबाट कर्मचारीहरु कुटीईरहेको, मनोबल गिराईरहेको अवस्थाले मन्त्रिहरु नै स्वयंमले देशको प्रशासन र शान्ति सु-ब्यबस्थामा खलल पुर्‍याई कमजोर बनाईरहेको घटनाहरुलाई आधार मानेर मंसिर-१६, का दिन नयाँपत्रिकाले छापेको "डिआईजीले लगिन गृहमन्त्रीलाई बंकरमा" शीर्षकको एक समाचारलाई मुख्य स्रोत मानी लेखेको यो घटना प्रधान कविता हो।}


- अर्जुन दुङ्मेन्,
बगदाद, इराक।

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin