कबिता




के हो कलम किन कलम
यो हो सबैको मन मश्तिस्कको मलम
दुनियाँ सिर्जना गर्ने संसार रंगाउँने
बिस्वको अंग प्रत्यङ्ग हिसाब राख्ने ऊ कलम
आज भोली दोधारम छ रे
खै किन हो लर्खराउदै छ रे धर्खराउदै छ रे

आकश देखि पातल शृश्टीका कुराहरु
संसारकै इतिहास लेख्ने ऊ कलम
पहाड,हीमाल खोला नालाको काहानीमा रम्ने आज
त्यहाँ बम बन्दुकको आवाजले झस्किन्छ रे
त्यसैले होला ,आज भोलि दोधारमा छ रे
खै किन हो लर्खराउछ् रे धर्खराउछ रे

कतै उसलाई अन्याय बिरुद्द प्रयोग गरिएछ
कसैले स्वार्थको लगि सत्य बिरुद्द हतियार बनाएछन्
एक अर्का बिरुद्द छरिएको गोला बारुद
अनगिन्ती पाप हत्या हिंसाहरु
उसैलाई निशाना लगाउदैछन् रे
त्यसैले होला आज भोली दो ऊ दोधारमा छ रे
खै किन हो लर्खराउदैछ रे धर्खराउदैछ रे
त्यसैले होला आज भोली ऊ दोधारमा छ रे
खै किन हो लर्खराउदैछ रे धर्खराउदैछ रे

हरेक शहर गाउँ बस्ती हरुमा
आफ्नो प्रेमी सहयात्री शिक्षक विद्यार्थीहरु
उनीहरुको त्यो छरिएको निर्दोष रगतले
पोतिएको बस्ती गाउँ घर आँगनहरुमा
स्वार्थले बनेका ति हतियारहरुले
उसको लक्ष्य उद्देश्यलाई चकनाचुर परीदिएछन् रे
त्यसैली होलाआज भोलि ऊ दोधारमा छ रे
खै किन हो लर्खराउदैछ रे धर्खराउदैछ रे

धेरैले उसलाई बिश्वास घात गरेका रहेछन्
त कसैले उसको चारित्र हत्या गरेका रहेछन
अब त ऊ बेसाहारा एक्लो कलम
आज भोली ऊ दोधारमा छ रे
खै किन हो लर्खराउदैछ रे धर्खराउदैछ रे

{ बास्तबमा ऊ कलम}

बिबस्था र बध्यताले कम्जोर भएको छ रे
थकित् भएको छ रे!
थकित् भएको छ रे!!

-बिनोद प्रधान

कबिता
















सिम्मा! खाडीको पल्लो छेऊमा उभेर,
आज हाम्रो पछिल्लो "प्रेम दिबस" सम्झिरहेछु।
मेरो कोठेबारीमा फुलेको लाली फूलले
तिम्रो अमुल्य माया साट्न सक्दिन म,
तर,,,,, तर,,, यो दिबस हाम्रो प्रेमिलो
भर्‍याङ अबश्य हो।

भेडेटारको घुम्ती जस्तो जिन्दगीको मोडहरु,
तिमीले बाटो छेकी गरेको जोडहरु,
बिदेश नजानु है भन्दै पोखाएका एटलान्टिक
एकै फड्कामा नाघेर भबिष्यको सगरमाथा
खोप्न हिंडेको म आज,,,, आज,,
आज तिम्रो यादको मेचीकाली पिउँदैछु,
मुठ्ठी बजारेर निस्केको दुईपैसाले
भबिष्यको एउटा खास्टो सिउँदैछु।

बग्रेल्ती ति सपनाको भु-मध्य सागरमा उभिएर
केही गर्ने अभिलाषामा जुर्मुरिएर,
खेपी रहेछु उकालीको खच्चडले झैं
जिन्दगीको जिजिबिषाहरु।

हाम्रो सपना र कल्पनाको बुकी फूल उमार्न
बिगत देखीको प्रेम र भबिष्य सपार्न
रहेर तिम्रो सामिप्यमा त्यो अन्तिम पलको जगेर्ना,
टनाटन अन्जान बस्तीको रुखो मरुभुमीमा
हाम्रो मलिलो मायाको कल्पना गर्दै दौंडदै छु,
चाहे पैतलाले आगो टेकोस,
चाहे यो थाप्लोलाई हजार डिग्रीको
घामले सेकोस,
बेपर्बाह दौंडिदैछु।
यो साललाई बिगतको दिबसहरुमा
गुटमुट्याएर, आउने सालको हाम्रो
मिठो "प्रेम दिबस" मनाउने
बाचा सहित,
यो खाडीको पल्लो छेऊबाट
आत्मिय गहिराई बाट
न्यानो फूल टक्र्याउँदै
साउने झरी रुपी नयनबर्षामा डुब्दै
यो सम्झनाको पानासँगै
पल्टिन्दैछु।

बि.जे. "बिद्रोही"
तेल अबिब


video

कविता

 - गणेश खड्का
कविता   :   म यस्तो युग रच्न चाहन्छु                                                             
 
व्यस्त जीवन
बन्द सडक
र निषेध यात्रा...
जिन्दगीको एउटा छेउ यो,
पेटप्रतिको न्यायमा
निर्विकल्प जोतीईरहनु
विवश डायस्पोरा बाँच्नु
जीवन भोगाईको अर्को पाटो फेरी,
बग्रेल्ती मान्छे जस्ता लाग्ने मान्छेहरुको भिडमा
अन्तहिन जीवनसंघर्ष,भोगचलन र उद्देश्यको
एक चिर्कटो शारांश मेनुफेस्टो
कसैले सुनोस/नसुनोस् - सही
कसैले वास्ता गरोस्/नगरोस् - सही
कसैले खिसीट्यूरी गरोस् - त्यो पनि सही...
आफ्नै एकल रोहवरमा
आफ्नै अघिल्तिर
स-विस्तार प्रस्तुत गर्न चाहन्छ
मेरो युग द्रष्टा मन !
 
यद्यपी, यतिबेला ,-
थुप्रै जिउँदा लाशहरुको किनारमा  उभिएर
मेरो भोको पेट कुतकुती लाउँछ
मेरो नाङ्गो आङ कुरिकुरी गर्छ
तर नबिन ईतिहासको खाका कोर्ने मेरा हातहरु
उत्साहको चारकोशे क्षितिज ताकिरहेकाछन्
गलानी फाटेका मेरा कुर्कुच्चाहरु
सिर्जनशिल शिखर आरोहणमा लम्किन चाहन्छन्
तिमीहरु जेसुकै भन, जत्तिसुकै भाँजो हाल
मलाई त्यही व्यस्त जीवन मन पर्छ
मलाई त्यही निषेध यात्रा गर्नुछ
निरन्तर-निरन्तर,...अविच्छिन्न-अविच्छिन्न...!
 
टपर्टुईयाँ भएर तिमीहरु
झरिला तोरिहरुमा तेल देख्दैनौ
तर पानीबाट आगो झिक्ने योजना बुन्दैछु म
अल्छे भएर तिमीहरु
आँगनको डिल परदेश देख्छौ
तर मेचीकाली हत्केलामा जुरुक्कै उचाल्न खोज्दैछु म
मान्छे मार्न , प्राण हत्या गर्न
तिमीहरुले प्रयोग गर्ने गरेका ढुङ्गे हतियारहरुमा
म जाँतो र खलका सिर्जनशिल आकृतिहरु देख्छु !
 
के भन्छौ तिमीहरु ?
मैले मङ्सिरमा अनिकालको अनुभव धानेकोछु
सिरेटोमा नाङ्गो आङ सेक्नुको व्यथा भोगेकोछु
खाली खुट्टा तुषारो टेक्नुको पीडा सहेकोछु
अतिरिक्त फजुल समयको व्याज डकार्छौ तिमीहरु
उधारोमै पल-पल,बुँद-बुँद पसिना रोप्छु म
पाइखानाछेउमा उम्रिएर के फुर्ती लाउँछौ तिमीहरु ?
गुह्य मलिलोमा खस्नु,...उम्रिनु,...हलहलिनु,...मर्नु,..........
घाम लाग्दा लतक्कै ओइलिन्छौ तिमीहरु
पानी पर्दा गुहु सँगै बग्छौ तिमीहरु
सुतुतुतुतुतुतुतुतुतुतुतुतुतुतुतुइतुतु,.........जरै समेत
छि,.....................तिमीहरुको रछाने अस्तित्व
थूक्क,...............तिमीहरुको महत्वहिन उचाई !   
 
तर म पिपल हुँ,चट्टान फोरेरै निस्किन चाहन्छु
तिमीहरु पेन्टागन र ट्वीनटावर विचरण गर्छौ
विलासी चश्माहरुमा शौखिन आँखाहरु घुमाउँदै
श्रापित करमा आयातित वायुयानका भेन्टिलेशनबाट
र कथित सम्भ्रान्त जीवनशैली भोग्छौ
म बागमतीको किनारबाटै
सगरमाथाको टोपी ओढेर
धरहराको टुप्पो छुन चाहन्छु/सक्छु !
 
तिमीहरु दुध पिएर विष बान्ता गर्छौ
प्रतिशोध रोपेर क्रोध जन्माउँछौ
प्रतिहिंसामा शान्ती भड्काउँछौ
बिध्वंशमा हास्यास्पद नवनिर्माणको सपना देख्छौ
बिखण्डन र द्वेषको कात्रो ओढेर
भाईचारा र सद्भावको पाखण्डी राग अलाप्छौ
तर म तिमीहरुका यावत
तपशिलका मान्यताहरुदेखी
विपरित ध्रुबमा छु, फरक कोणमा छु, अलग धारमा छु !
 
तिमीहरु नजिकको तिर्थ हेला देख्छौ
म टाढैबाट ध्रुब तारा चम्किलो नियाल्छु
तिमीहरु सूनलाई पित्तल बनाउन उद्दत छौ
म माटोमा हिरामोती भेट्दैछु
तिमीहरु भोकाहरुलाई आश्वासन उपहार दिन्छौ
म कमसेकम सातु बाँड्न चाहन्छु
तिमीहरु अन्धाको देशमा ऐनाको व्यापार गर्छौ
सकेसम्म ज्योति दान गर्न चाहन्छु म
आँफै डाढु-पुन्यौ हातमा लिएर तिमीहरु
भाँडो रित्याएको दोष अरुमाथी थोपर्छौ
तिमीहरुको स्वनियन्त्रणमा लमतन्न सिङ्गो समय
सेकेण्ड-मिनेट,दिन-हप्ता,महिना-वर्ष,दशक-शताब्दी
तिमीहरुको रसिलो,भरिलो, झरिलो याम
तिमीहरु अधिनस्थ पेवा आयु
सिर्फ बेढङ्गी छ, निस्काम छ, निश्फल छ !
 
तर म ,
बन्दकी समयका छोक्राहरु निचोरेरै
यस्तो एउटा सन्जीवनी झोल निकाल्न चाहन्छु
जसको सेवन जीवनदायी बनोस्
जसको प्रयोग प्रेरणादायी बनोस्
म यस्तो एउटा युग रच्न चाहन्छु
जहाँ मान्छेद्वारा मान्छे सताइने छैन
जहाँ मान्छेसँग मान्छे डराउनु पर्ने छैन
जहाँ अभावले कोही मर्ने छैन
जहाँ मिती नपुगी काल आउने छैन !!!
 
 
तिवारी भञ्ज्याङग-४, भोजपुर
हाल: फ्रिगेट आइल्याण्ड , सेसेल्स
१ फेब्रुअरी २०११

कबिता

कबिता (बादल फाट्न सक्छ)

समयको खाली सिउदोमा 
रङ्ग भर्ने कोशीस नगर 
सिमारेखा लामोछ 
अन्धकार सङ्गै 
बादल फाट्न सक्छ 
डाढा पाखा हिजोजस्तो छैन 
पूर्णबिराम र 
प्रश्नबाचकहरु सँगै 
जीबन धमिलिन सक्छ 
पानीको फोकासरी 
प्याट्ट फुट्न सक्छ 
जीबनको सपना 
पुरा नहुन सक्छ 
अलौकिक मनमस्तिमा 
गतिशिल् बेगमा 
सर्बशक्तिवान हुन ब्यर्थछ 
स्वार्थपूर्ण मित्रता 
लामो हुन सक्तैन 
जिन्दगीका जोड र घटाऊहरुमा। 
 
उषा गिरी 
हाल: चारपाने झापा, 
अगष्ट ११,२०१०

कबिता

अंध्यारो मनको बस्ती

यो कस्तो एकांकीपन
अचेट लाग्दो शून्यता
पट्यारलाग्दो वातावरण
अनि म चेतनाशुन्य
आफै भित्रको भयावह् शून्यता
अनि आफै भित्र जुझिरहेको
एउटा अर्को शुन्य म !
भिडहरुमा भिड थपिन्दै छ
हल्ला तिव्र हुँदै छ्
कोलाहल र चित्कार बढदै छ्
सास फेर्न मुस्किल
शान्ती सगँ बस्ने ठाउँ खै ?
हा हा हा हा
कोलाहल भित्रै बाट कसैले
अट्हासपूर्ण हासोँ सगैँ प्रश्न गर्छ,
के को शान्ती ???

हो त नि,
म पनि यही कोलाहल
र भिड देखी पर
एक्लो, मौनतामा
आनन्द सँग केहीबेर सुस्ताउने
बहाना खोज्दा खोज्दै
यति सारो एक्लिएछु कि
नितान्त एक्लो पो भईसकेछु
बरु अरु जस्तै
समस्यासँग जुध्नु पर्ने
कायर मन बोकेर भागेछु
झनै एक्लिएँ !

नियती पनि कस्तो
म खल्लो जीवनलाई
अबिश्वासको सोच भित्र
अवशान गर्नु खोज्दै छु !
मेरा आफन्तहरु
आत्मिय मित्रहरु
मेरो निरिह्पनमा
आश्वासन दिन खोज्दैछन
मेरो चेतनाशुन्य मनस्थिती बाट
मलाई ब्युँझाउन खोज्दैछन,
अनि
साहरा दिने प्रयत्नमा छन
तर उनीहरुको सहानुभुति
मलाई फोस्रो लाग्दैछ्
म सोच्दैछु
उनीहरु केवल एउटा ढोंग रच्दैछन,
मलाई साहरा दिने बहानामा
आफ्नैलागी साथी खोज्दैछन,
मलाई सहानुभुति दिने यत्नमा
आफ्नै स्वार्थी माया खोजिरहेछन !

थुईक्क म र मेरो अन्तर्द्वन्द
थुक्क मेरो सोच
मलाई के भएको हो ?
किन ?
कहिले देखी ?
कहाँ ?
केही थाहा छैन !
अँ यति हो मेरो निम्ती सबै
निरस छन,
अनुभुतीहरु बेरंग छन
जीवनको गति बेढंग भएको छ्
सोचहरु शुन्य छन
हो,
मेरो मनको बस्ती अंध्यारो भएको छ !
मनको बस्ती अंध्यारो भएपछि
मान्छे अर्धपागल बन्दो रहेछ
अर्धमुर्छित बन्दो रहेछ !

दुनियाँलाई बौलाहा देख्ने सद्दे बौलाहा !

मुकेश राई
इलाम नेपाल
हाल: बेलायत

कबिता

शान्ति

यो देशको शान्ति
बन्दुकको नालमा छ
जनताको कालमा छ
भ्रष्टाचारी र सामन्तीहरुको जाजालमा छ

यो देशको शान्ति
राजनीतिक दलको बलमा छ
सडक र सदनको हलमा छ
ढलभित्रको पवित्र जलमा छ
जनादेशको नारा घन्काउँदा घन्काउँदै
आँटीहरुले घाँटी अचेटेपिछ
लाठी खान पुगेकी तिमी
यो देशमा आउने दुस्साहस नगर
गोमन र काला सापहरु
तिमीलाई डस्ने दाऊमा छन्
अशान्ति र िहंसाको पाउमा छन्

त्यसैले शान्ति तिम्रा विद्रोहीहरु
सत्तामा बसेर भत्ता पकाउँछन्
कोहिले सडक तताउँछन्
आखिर तिमीलाई नै अत्याउँछन्
र जनतालाई नै लत्याउँछन्

सुमन वैरागी
हर्मी ९ गोर्खा
suman788@gmail.com
Next page
Blog Widget by LinkWithin