kavita

कबिता


म कबिता लेख्दिन
कतै भित्र त्रिकालदर्शी चक्षु छ कि ?
यी कानका लोतीहरुले पनि 
फर्किएर कानका प्वालहरु छोपेका छैनन्
देख्छु, सुन्छु, निफन्छु केलाउँछु
बिश्रृखलताहरु, बिभेदहरु, कुमार्गहरु
जब अन्तस्करणलाई भत्भति पोल्न थाल्दछन्
तब म गर्भ धारण गर्छु
मेरा कोखमा अनेकौँ बिचारहरुका भ्रुण पलाउँछन्
यथोचित अवसर पारेर
म तिनलाई जन्माईदिन्छु
रुपवान, कुरुप जे जस्ता छन्
ती मेरा सन्तान हुन्
मेरा कविताहरू यस्तै छन्
मेरा कविता तिमीलाई बिभत्स लाग्छ भने
मेरा कविताले तिम्रो सोचसँग बेमेल खान्छन् भने
भो सखी
म कविता लेख्दिन

तिमीलाई पक्कै सम्झना होला
मैले भनेथेँ
हरेक सृष्टि नाङ्गो जन्मन्छ
मेरा कविताहरू पनि नाङ्गै जन्मन्छन्
नाङ्गै जन्मदा लाज मान्दैनन्
नग्नताको सीमा त हाम्रो सोचले कोरिदिन्छन्
आवरणहरु त हाम्रा मस्तिष्कका उपज हुन्
तिम्रो धारणाका पहिरनहरु
मेरा लागि बिषाक्त सिउँडि हुन्
यसका असरले मेरा रोमरोम सुन्निन थाल्छन्
तब म नीलकण्ठाधारीझैँ चुपचाप सहन सक्दिन
र असैह्यतामा कविता ओकल्छु
मेरा कविताले उल्टो बिषबमन गरिदिन्छन्
सिउँडिका एन्टिडोट बनेर उभिन्छन्
यसले तिमीलाई पोल्छ भने
भो सखी
म कविता लेख्दिन

तिम्रा वादका अँध्यारा गुफाहरु
तिम्रा सिद्धान्तका साङ्लाहरु
तिम्रा बिभेदकारी दर्शनका पिँजडाहरु
तिम्रा अमानविय नियमका झ्यालखानाहरु
ज्यादै सानो छ सखी
मेरा कवितालाई अचेट्न
मेरा कविता फूल हुन्
जन्मजात सुगन्ध बोकेर जन्मन्छ
मेरा कविता झरना हुन्
बेग मारेकै हुन्छ
मेरा कविता पवन हुन्
प्राणवायु समान हुन्छन्
मेरा कविता सिङ्गो सूर्य हो
अन्धकार भक्षण गर्छ
मेरा कविताका यावत् गुणहरुमा
तिमी विवेकहीन बिमति र रोष राख्छौ भने
भो सखी
म कविता लेख्दिन
म कविता लेख्दै लेख्दिन |


समा श्री
काठमाडौ नेपाल।

हाल: ईजरेल

कबिता



\\नारी//
आदिम वेदहरुबाट
अमुर्त आदिशक्तीको
रुप नारी
सिता,दुर्गा
हुँदै आईपुग्दा
मुर्त मेरी आमा, दिलशोभा
मदर टेरेसा हुँदै
युग हाम्फाली रहेछ।
अझै पासाङ ल्हामु, फ्लोरेंस नाईटीगेल
हुँदै लम्की रहेछ

तर बुझ्दैनन अझै पनि
या अबुझ बनिटोपलेका
एउटी नारी
आज्ञाकारी छोरी
कर्तब्यनिष्ठ बुहारी
आदर्श पत्नी र
ममताकी खानी आमा हुन सक्छिन
तर सक्दिनन बन्न समाजको खेलौना
तसर्थ बुझ हे! यो युगका मान्छे हो;
यो सृष्टि नारीमा उब्जेर नारीमै समाहित छ
नारी र पुरुष द्वारा कुद्ने रथमा पनि
नारीमा दाईजोको भार थपिन्छ
नारीमा अशिक्षाको भार थपिन्छ
नारीमा नसोंचिएका लाञ्छना थपिन्छ
यि भार बोकेरपनि सन्तानको भार थपिन्छ
यत्ति भार बोकेरपनि पति परमेश्वर
सम्झि खुट्टा कपाउँदै भएपनि
आफ्नो धर्म र कर्तब्यबाट कहिल्यै
परायन हुन्नन पुरुषको लागी नारी।
तरैपनि अबुझ अमान्छेहरु
कलेजोमा टेकी रहन्छन नारीको
यो पिंडा हेरेर सगरमाथा रोईरहन्छ
किनकी उसैको काखमा एकै चोटी
सत्रहजार मा आधा नारीको लाश माथी बाट
कुद्यो लोक तन्त्र
तर अझै पनि
उसैको काखमा बलात्कारको शिकारमा छे नारी।
पशुपतिका वरपर नाङ्गे पुरुष दौडदा भगवान
नारीले घुम्टो खोल्दा बेस्या, र बदनाम |

यो असमानताको आगोमा नारीलाई मात्र
किन सधै अग्निपरिक्षा?
खै त नारी न्यायका आचार संहिता?
कैले सम्म नारी बेदनाभित्र अमान्छेको स्वामित्व?
कोई त मान्छे बन
मान्छे भएर नारी सम्मानको एउटा
उपहार "शिक्षा" प्रदान गर।
एउटा उपकार "सम्मान" गर।
अनि हेर तिम्रो उपहार र उपकार भित्र
नारीले बोकेको शक्तीको पहाड
अनि हेर नारी हृदयमा डुबेको ममताको बढाव
अनि हेर नारी कर्तब्यको बहाव
जसरी सुर्य उदाउँछ अन्धकारलाई चिर्दै
त्यसरी उदाउनेछिन नारी साक्षात्कार
तिम्रो जीवनमा, तिम्रो कर्म-बचनमा

एउटा अमुल्य रोशनी लिएर तिम्रो जीवनमा।

शान्ती राई "स्मृती"
बिर्तामोड, झापा
हाल ईजरेल

कबिता


\\काठमाडौँ भित्रको काठमाडौँ//

थानकोटबाट छिरेर
रत्नपार्कको पेटीमा उनिएका
भर्जिन सपनाहरु
आन्देलनको ढुङ्गाले फोरिएको
बसको काँच जसरी
झल्र्याम झुर्लुम तोडीदिन्छौ
साँगाभञ्ज्याङ्ग हुँदै भित्रिएका
सहरीया रहरहरु
बसपार्क पुग्न नपाउँदै
चक्काजामको आगोले सल्किएको
थोत्रे टायर झैँ
ह्वार ह्वार्ती डडाइदिन्छौ
नत्र,
ठमेलको मसाज पार्लरमा
चाइनिज माल झैँ विक्रिमा राखीदिन्छौ
काठमाडौँ,
काठमाडौँ भित्रको काठमाडौँ
आखिर किन तान्छौ ?
सपनाहरु, रहरहरु
यदी उडाउनै भने,
टुक्राउनै हो भने
किन देखाउँछौ फोस्रा आश ?

इश्वर खोज्दै पशुपति धाउनेहरुलाई
मेलम्चीको वास्नाले सुगन्धित
बाग्मतिमा चोबालेर नाङ्गै लखेट्छौ
बुद्धलाई सम्झेर स्वयम्भु छिर्नेहरुलाई
हिटलरको फोटो झुण्डाइएको
वीवीक्यू होटलमा सेकुवा चखाउँछौ
मस्जिदमा शीर झुकाउनेहरुलाई
मन्दीर अगाडी गाई काट्न लगाउँछौ
चर्चमा क्यान्डल बाल्नेहरुलाई
वस्तीको उज्यालो खोस्न सिकाउँछौ
काठमाडौँ,
काठमाडौँ भित्रको काठमाडौँ
कस्तो धर्मको परिकल्पना गर्दैछौ तिमी ?

चिल्ला गाडीमा चढेर
नाङ्गो पैतला खियाउनेहरुलाई डोर्याउन खोज्छौ
जोनी वाल्करले नुहाएर
ढल पिउनेहरुको स्वास्थ्य जाँच्छौ
पाँचतारे स्वादले अघाएर
जुठो सीता निल्नेहरुको कथा लेख्छौ
सिंहदरबारमा ठाँटिएर
कर्णालीको भाग्य कोर्ने तिम्रो आकांक्षा
कहिले पुरा हुँदो हो
घरको छाना उडेको बेला
तिमी लभ पार्कको खाँचो देख्छौ
खै के गर्न खोजेका हौ तिमीले
बुझ्नै सक्दिन
तिमी बुझाउँछौ
काठमाडौँ,
काठमाडौँ भित्रको काठमाडौँ

तिम्रा गल्लीहरु
चेलीका नितम्ब चियाउँछन्
तिम्रा चेलीहरु
छोपीने छाला देखाएर हिँड्छन्
बसका सिट माइक्रोका ढोका
पर्खेका हुन्छन् भरिएका खल्ती
विलासी तिम्रो महलभित्र
लास कुहिएको पत्तो हुँदैन तिमीलाई
बरु स्याउले टहरालाई अपराधी देख्छौ
खै कस्तो आँखा हो तिम्रो ?
झुत्रे झात्रेलाई सुकिला मुकिला देख्ने
कोही गिद्धको नहर भन्छन्
कोही सिद्धको सहर भन्छन्
अचम्मको तिम्रो पहिचान
काठमाडौँ,
काठमाडौँ भित्रको काठमाडौँ

तिम्रो बनोट झैँ,
तिम्रा सडक पेटी झैँ,
तिमी भित्रको वस्ती झैँ
कंक्रिट तिम्रो मन
क्रुर अनि कठोर
काठमाडौँ,
काठमाडौँ भित्रको काठमाडौँ
आवरणमा सजिएर
रङ्गिएर, फक्रिएर
भित्र भित्रै कत्लाले कुहिएर
दङदङ्गी गनाइरहेको
छी काठमाडौँ,
काठमाडौँ भित्रको काठमाडौँ

याक्दुहाङ्ग धिरज
भोजपूर, हालः विराटनगर

कबिता


रित्तो प्लेटफर्मर जीवन

बुढो घाम
यो बाग्मती खोलाको किनारै -किनार
मेरो आँखाको क्षितिजमा आएर बास बसेपछि
कविता तिमी आइपुग्ने छौ
यो रित्तो उदासपूर्ण प्लेटफर्ममा
ट्रेनजस्तो भारी जवानी बोकेर
र आफूलाई बिस्कुन झैं ओछ्याएर भुँइभरि
चिच्याउने छौ
गमलामा पहेंलिएको लिली जस्तो
मेरो छाती भरि पोखाएर
मुनामदनको प्रेमकथा

देख्ने छैनन् तिमीलाई
अंह,कदापी देख्ने छैनन्
यी भन्ज्याङ्,देउराली
खोला,नाला र पहाड पर्बतहरुले
यी चोक,शहर,नगर,मन्दिर,गुम्ब,चर्च अनि मस्जिदहरुले
मात्र दर्शक बन्नेछन
आँखाहरु झोलामा राखेर
आवाजहरु तकियाले थिचेर
गणेशमानको रंगरोगन उज्वालिएको
बिरूप थोत्रो शालिक जस्तो

नत्र कसरि जिउन सक्छ हँ
आफ्नै औठाछाप
जुत्ता चप्पल जस्तो सस्तो खुद्रामा बेचेर
जीवनलाई ओइलनी जग्गामा
सुकुम्बासी झुप्रो बनाएर
तिमी सोध्न सक्छौ
यी अनिन्दो चौकीदार ल्यामपोस्टलाइ
तिमी हेर्न सक्छौ
आफ्नै अनुहारको
बलत्कारी भित्ताको ऐनालाई


राम कुमार दिल्लगी
सानोदुम्मा, भोजपुर
हाल: यु ए ई

Poem


\The Wide Ocean/

Ocean, if you were to give, a measure, a ferment, a fruit

of your gifts and destructions, into my hand,
I would choose your far-off repose, your contour of steel,
your vigilant spaces of air and darkness,
and the power of your white tongue,
that shatters and overthrows columns,
breaking them down to your proper purity.

Not the final breaker, heavy with brine,
that thunders onshore, and creates
the silence of sand, that encircles the world,
but the inner spaces of force,
the naked power of the waters,
the immoveable solitude, brimming with lives.
It is Time perhaps, or the vessel filled
with all motion, pure Oneness,
that death cannot touch, the visceral green
of consuming totality.

Only a salt kiss remains of the drowned arm,
that lifts a spray: a humid scent,
of the damp flower, is left,
from the bodies of men. Your energies
form, in a trickle that is not spent,
form, in retreat into silence.

The falling wave,
arch of identity, shattering feathers,
is only spume when it clears,
and returns to its source, unconsumed.

Your whole force heads for its origin.
The husks that your load threshes,
are only the crushed, plundered, deliveries,
that your act of abundance expelled,
all those that take life from your branches.

Your form extends beyond breakers,
vibrant, and rhythmic, like the chest, cloaking
a single being, and its breathings,
that lift into the content of light,
plains raised above waves,
forming the naked surface of earth.

You fill your true self with your substance.
You overflow curve with silence.

The vessel trembles with your salt and sweetness,
the universal cavern of waters,
and nothing is lost from you, as it is
from the desolate crater, or the bay of a hill,
those empty heights, signs, scars,
guarding the wounded air.

Your petals throbbing against the Earth,
trembling your submarine harvests,
your menace thickening the smooth swell,
with pulsations and swarming of schools,
and only the thread of the net raises
the dead lightning of fish-scale,
one wounded millimetre, in the space
of your crystal completeness.

Poet : Pablo Neruda
Born: Paral, chile
BD: july 12, 1904
Died: September 23, 1973

Next page
Blog Widget by LinkWithin