मन लाग्यो
धुंजा धुंजा फाटेको मन आज त सिउन मन लाग्यो |
किनेको रक्सी हैन अरुनै नशा पो पिउन मन लाग्यो |
मरीसकेको जीवन कसैको सामिप्यले जिउन मन लाग्यो |
भन्छु भनेका कुरा भन्न नसक्दा जहर पिउन मन लाग्यो|
बेमौसममै भए पनि ढकमक्क फेरी फुल्न मन लाग्यो |
मरिसकेको लास हो त्यो अतितलाई भुल्न मन लाग्यो |
माकुराले जालो लगाएको बस्ति कमेरोले पोत्न मन लाग्यो|
बाँझो पल्टिएको उजाड खेत जसो तसो जोत्न मन लाग्यो|
ओठ सापती मागेर भए पनि आज हाँस्न मन लाग्यो |
बैशाखी मागेर भए पनि एकै क्षण नाँच्न मन लाग्यो|
बरु सेकेन्ड मात्रै भए पनि खुसी भएर मर्न मन लाग्यो |
बरु बगाए बगावस उनलाई भेट्न खोला तर्न मन लाग्यो|
हारीसकेको जीवन कसैको साथले जित्न मन लाग्यो |
थाकीसकेको जीवन कसैको सहाराले हिडन मन लाग्यो |
निभन लागेको दिपमा आशाको तेल थप्न मन लाग्यो |
नदेखेको नभेटेको पराइ मान्छेको नाम जप्न मन लाग्यो|
छक्कु "उदासी"
म्याग्दी नेपाल
हाल: टोकियो जापान
एक दमै मार्मिक अनि मन छुने यो कविताले कता कता झस्किन पो पुगे छु छक्कु जी | प्रगतीको बाटोमा लागि रहनु होला मेहनत नै सफलताको पर्तिक हो| रक्सि किन पिउछां यो कस्तो चिज हो मत चिन्नै सकी रहेको छुइना |
ReplyDeleteकुमार राई
निराश जीवन जिउनेहरुको लागि यो कबिताले अबस्यनै केहि सन्देश र नयां उर्जा दिनेछ ।
ReplyDeleteसुरेश
कबिताले मजाको उत्साह बोकेको छ, बेमौसममा पनि धेरै ठुलो आस्था फुलाउने एउटा बिरुवा रोपिएको छ, तपाईंको यात्राा सदा सदा सुखमय रहोस ।
ReplyDeleteman phate pani tapai ko saahas naphaateko maa khusi chhu, testai ho jindagi kaile haso ta kaile rodan. k he namithaa bhogai baata paakai pani pidaa hunchah tara tehi bhogai le naya mitha pal haru khojnamaa sahayogi hunchhan tesai le tapai ko naya prarambha lai subhakamanaa
ReplyDelete