kavita

कबिता


शिर्षक : आगो

आगो बर्बादी

आगो ध्वंस
आगो कलह
आगो बिनाश
आगो उत्पीडन
मात्र
मात्र संहार!!

आमा!! म आगो सुलुत्त निल्न चाहन्छु
ताकि अब उप्रान्त यसको उग्रतामा
तिम्रो पछ्यौरी नजलोस,
तिम्रो झुपडी नडढोस् ।

आगो चेतना
आगो सभ्यता
आगो शक्ति
आगो सिर्जना
आगो शाहस
आगो! आगो!!
जीउँदो सुचक!!
आमा! म आगो ह्वालह्वाल्ती ओकल्न चाहन्छु
ताकि अब उप्रान्त
तिम्रा र मेरा सन्तान
नयाँ क्षितिज कोर्न सकुन्
झिल्सिँदो
रातो कोइलाजस्तो जिउँदो बाँचुन।
"आगो" र "आगो" को रूप
समानता
बिबिधता
प्रकृति
प्रतिकृति
आगै नजानी ओकल्नु
आगै नजानी निल्नु
आगै नजानी चलाइनु
आमा! यहिं त बिडम्बना थियो
र छ!

तिमी निर्धक्क होउ आमा!
अब,
आगो मै निल्छु, मै ओकल्छु
"उद्दार" "संहार"
आगो म आफ्नै हातले खेलाउँछु
ताकि अब उप्रान्त तिम्रा मेरा सन्तानले
"आगो" चिनुन
आगो जानुन!!

कबयत्री : दीप्स् शाह

हाल : ईजरायल

[साभार: "आगो" कबिता संग्रह> दोश्रो संस्करण।]

2 comments:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin