kavita

गिति-कबिता



टिपेर फूल सिउँदोमा सिउँरे सौन्दर्य छर्छ त्यो।
महिमा फूलकै टिप्नमा हुन्छ नटिपे झर्छ त्यो।।
चमेली फूल सबैले टिप्छन् पलास टिप्दैनन।
सुन्दर फूल बासना भए सबैले टिप्द्छन।।

त्यो ढुंगा पुज्छौँ त्यै फूल टिपी के आत्मा सन्तुष्टी।
सौन्दर्य छर्छ नटिपेसम्म दैबको हो सृष्टी।।
कोपिला टिप्नु पाप हो भन्छन त्यो हाम्रो शास्त्रमा।
फक्रेको फूलमा अस्तित्व हुन्छ त्यो नै हो वास्तवमा।।

फक्रीदो फूल कोपिला सुन्दर चुँडेर फाल्दैछन।
पलाए सारा बोटका मुना काटेर ढाल्दैछन।।
फुलेको फूल सुबास छर्छ दुर्गन्ध हटाउँछ।
कमलको फूल हिलोमा फुल्छ यो जगतमा सजाउन।।

मान्छेमा हुन्छ चेतना ठुलो प्रेम र बिबेक।
छाडेर बाटो हिंड्दैछ आज तृष्णा लिई अनेक।।
लागेको चोट एक हो देख्ने त्यो आत्मा भित्रको।
बगेको आँशु एक नै हुन्छ आफन्त मित्रको  ।।


सुमित्रा पौडेल "आँचल"

भ न पा- ५, चितवन
हाल : रनना, ईजरायल।

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin