kavita

कबिता




के हो कलम किन कलम
यो हो सबैको मन मश्तिस्कको मलम
दुनियाँ सिर्जना गर्ने संसार रंगाउँने
बिस्वको अंग प्रत्यङ्ग हिसाब राख्ने ऊ कलम
आज भोली दोधारम छ रे
खै किन हो लर्खराउदै छ रे धर्खराउदै छ रे

आकश देखि पातल शृश्टीका कुराहरु
संसारकै इतिहास लेख्ने ऊ कलम
पहाड,हीमाल खोला नालाको काहानीमा रम्ने आज
त्यहाँ बम बन्दुकको आवाजले झस्किन्छ रे
त्यसैले होला ,आज भोलि दोधारमा छ रे
खै किन हो लर्खराउछ् रे धर्खराउछ रे

कतै उसलाई अन्याय बिरुद्द प्रयोग गरिएछ
कसैले स्वार्थको लगि सत्य बिरुद्द हतियार बनाएछन्
एक अर्का बिरुद्द छरिएको गोला बारुद
अनगिन्ती पाप हत्या हिंसाहरु
उसैलाई निशाना लगाउदैछन् रे
त्यसैले होला आज भोली दो ऊ दोधारमा छ रे
खै किन हो लर्खराउदैछ रे धर्खराउदैछ रे
त्यसैले होला आज भोली ऊ दोधारमा छ रे
खै किन हो लर्खराउदैछ रे धर्खराउदैछ रे

हरेक शहर गाउँ बस्ती हरुमा
आफ्नो प्रेमी सहयात्री शिक्षक विद्यार्थीहरु
उनीहरुको त्यो छरिएको निर्दोष रगतले
पोतिएको बस्ती गाउँ घर आँगनहरुमा
स्वार्थले बनेका ति हतियारहरुले
उसको लक्ष्य उद्देश्यलाई चकनाचुर परीदिएछन् रे
त्यसैली होलाआज भोलि ऊ दोधारमा छ रे
खै किन हो लर्खराउदैछ रे धर्खराउदैछ रे

धेरैले उसलाई बिश्वास घात गरेका रहेछन्
त कसैले उसको चारित्र हत्या गरेका रहेछन
अब त ऊ बेसाहारा एक्लो कलम
आज भोली ऊ दोधारमा छ रे
खै किन हो लर्खराउदैछ रे धर्खराउदैछ रे

{ बास्तबमा ऊ कलम}

बिबस्था र बध्यताले कम्जोर भएको छ रे
थकित् भएको छ रे!
थकित् भएको छ रे!!

-बिनोद प्रधान

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin