kavita

कबिता

कर्णली र महाकालीका फूलहरु ...
 कर्णाली र महाकालीको सुसाईसँगै
फुलेका ति कलिला कोपिला ओइलाउदै छन
मलजल र असल मालीको अभावले
सुख्खा हावा अनी प्रचण्ड गर्मीको तापले
मिर्मिरेमा आशा लिई ब्युँतिन्छन
ब्युँताईसँगै लुटिन्छन, भुटिन्छन
दाउ छोपी छोपी चोर बिरालो झै
अखण्ड शोभा दिने भिरालो मै
ति फूलहरुलाई चिथारेर भाग्ने
रुप फेरी बटुवा भै बास माग्ने
ति पापी भवँराका हुलसँगै
पापको धारा बनी बग्ने मुलसँगै
बाँचीरहेका छन ति कर्णाली र महाकालीका
फुलीरहने कलिला फूलहरु,

घनघोर भित्र प्रताडित भै बाँच्ने
मौसमै पिच्छे दुख सहेरै नि रमाई नाँच्ने
ति निर्दोष फूलहरु स्वार्थको लागी
आफ्नो पुरुषार्थको लागी
चुँडाउदै यहाँका हरेक ढुँगालाई चढाईन्छन
बोटहरु ओईलिन नपाउँदै डढाईन्छन
जिबन के हो? मृत्यु के हो? जुनै मौसम फुलिदिने
राजामहाराजाको गलामा माला भै झुलिदिने
बेसहारा र अञ्जान ति फूलहरु
उनीहरुप्रति जानी जानी गरिईरहने भुलहरु
देख्दा देख्दा कसरी चुप लाग्न सक्छु
निर्दोष फूलको पिंडा बाट कसरीपो भाग्न सक्छु
हे फूल हो तिमीहरु कति बस्छौ चुपचाप
उठ अब तिमीहरुले आफ्नो रक्षार्थ जाग्ने बेला भयो
मागेर नपाईने खोसेर जाईलाग्ने बेला भयो
त्यसैले उठ जाग हे निर्दोष कलिला फूल हो
म सधैं तिमीहरुको रक्षार्थ लेखीरहने छु लडीरहने छु
म तिमीहरुकै लागी।

बि.जे. बान्तवा
ठुलो दुम्मा, भोजपुर

4 comments:

  1. अत्यन्तै राम्रो छ । हो, अत्यन्तै राम्रो छ मात्रै भनेर वजनदार कबिको कलमलाई अपमान गर्न खोजेकी हैन । कबिता दोहोराई तेहराई जति पटक हेरे पनि भाव रुपी गहिराईको पिडसम्म पुग्न नसक्दा नतमस्तक छु ।

    निरन्तर चलिरहोस कलम
    बनिरहोस घाउमा अचुक मलम
    अभिरल बगिरहोस मसी
    लागिरहोस भाग्यमा सुनको कसी

    ReplyDelete
  2. kawita ramro rastriy tale jhalkane bhaw purn janta nirda prati sajg garaieko mitho prastuti bj sa thanks alot,,,,

    ReplyDelete
  3. Kati mitho ani saral bhaawa,, dherai na mthi gahantako bisaya thank you Bj g..

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin