kavita

कबिता

बचपन्

चौबाटोमा खेल्दा खेल्दै कहिले उमेर बढेछ ।
मुना थिएँ हिँजो सम्म आज बसन्त चढेछ।।
हरियाली भुमी घाम थियो कतै सितल छायाँ।
जब अली होस आयो आफूलाई त्यहाँ पाए।।

एक भैसी दुई गाई दिन भरी बनमा चराउँथे।
साँझ मा बा संग बसी दुध संग ढिंडो खान्थे।।
जन्मभुमी संग त्यो हाँस्दै खेल्दै मायाँ लाएँ।
जब मलाई होस आयो स्वयमलाई त्यहाँ पाएँ।।

गुराँसका ती फूलहरु दिन भरीका साथी हुन्थे।
न्याउली कोईलीको गितहरुले हृदय मेरो चुम्थे।।
कतै उकाली ओरालीमा रुदै दुखको भाका गाएँ।
तर जीबनको धेरै खुसी त्यही भन्ज्याङमा पाएँ।।

बसन्तका पालुवाहरु हेरेर म पनि एक्लै फुल्थेँ।
हाँस्दै खेल्दै हरियालीमा सारा दुखहरु भुल्थेँ।।
तितो मिठो देउरालीको सयौं फलफूल पनि खाएँ।
कहाँ छ भनी खोज्दा सुख त्यही बनमा पाएँ।।

बच्चैरही रम्न मन लाग्छ सुनेर न्याउलीको धुन।
अस्ताईजाने रहेछ तर झल्मल पुर्णिमाको जून।।
त्यो स्वर्ग छोडेर आज रुदै रुदै म टाढा आएँ।
तर जीबनको सारा खुसी त्यही रनबनमा पाएँ।।

ईन्द्र पुन
कोल- ९, गर्खानी
रुकुम
हाल: परदेशबाट

3 comments:

  1. indra ji jiwan 2 dinko biteko thaha hudain nice poem thanks ....

    ReplyDelete
  2. Indra g, sarai marmikta 6 kabitama ani balyakal ko samjhanahru kati mitho garera pokhnu bhayeko malai dherai yad ayo yastai yastai rachanaharu lyaunu hola tapai ko sahityik yatra sukhad rahos/

    ReplyDelete
  3. Thanks Mina gee and arjun gee ma for the comment

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin