kavita

कबिता

अभागी कर्म

यो ठुलो संसार भित्र
मेरो एउटा सानो घर थियो

जुन सानो घर भित्र
एउटा ठुलो शहर थियो

जुन ठुलो शहरभित्र
पुग्ने एउटा रहर थियो

जुन एउटा रहर भित्र
परदेसिन्ने लहर थियो

जुन परदेसिन्ने लहर भित्र
पसिनाको नहर थियो

जुन नहर भित्र
मानब मृत्युको जहर थियो

अम्बिका लिम्बु "आशिष"
हाँगुम-१ सिरान टोल पाँचथर
हाल निलाई मलेसिया
फोन नं.०१७२८६५८५३
E-mail lovlyaashisg@yahoo.com

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin