kavita

कबिता

पश्चताप

आज फेरी पिउनै नहुने नशा पो पिएछु क्यारे !
म बसेको ठाउँ र मेरो बस्ती सबै घुमिरहेको छ ।
आज फेरी अथाह पिडाले धेरै रोएछु क्यारे !
जहाँ जान्छु, जता बस्छु उतै रुझीरहेको छ ।

आज मैले गर्नै नहुने महागल्ती पो गरेछु क्यारे !
सम्मै बाटो पनि भिरालो र ओह्ररालो लागिरहेछ ।
आज मैले फेरी आफनो हैसियत गुमाएछु क्यारे !
जहाँ टेक्छु, जता टेक्छु उतै धर्ती भास्सिरहेछ ।

आज मैले छुनै नहुने मान्छेलाई पो छोएछु क्यारे !
मेरा निरिह हात र निर्दोष मुटु थरथर कामिरहेछ ।
आज मैले फेरी सुनाउनै नहुने कुरा सुनाएछु क्यारे !
जसरी भन्छु, जे सुन्छु सबै निरशीलो लागिरहेछ ।

आज फेरी चुम्नै नहुने ओठमा पो चुमेछु क्यारे !
मेरा सापती मागेको एक जोर ओठ उदासीरहेछ ।
आज मैले फेरी हेर्नै नहुनसंग आखाँ जुधाएछु क्यारे !
जसरी बाल्छु, जे बाल्छु सबै तिर अध्यारो लागिरहेछ ।

छक्कु "उदासी"
म्याग्दी नेपाल
हाल: टोकियो जापान

3 comments:

  1. kabita dherai marmiktaama duber lekhnu bhaeko cha malai khusi lagyo yastai rachanaharu padhna paau bahini..

    ReplyDelete
  2. आदरनिय दिकपाल सुर्य दाजु
    नमास्कार !!!
    मर्माहित मेरो अन्तरमनमा मितेरी लाउने साहास गरीदिनु भएकोमा धेरै धेरै धन्यबाद !

    उहि बैनी
    छक्कु उदासी

    ReplyDelete
  3. udashi Ji
    karma (karya) sangga kina yati sahro daraunu bhayo ???? chhune hat chumne oth haru lai kina yatti dos ? Aashabadi hunuhos laksha chumnu hunechha.

    Bimal
    K S A

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin