kavita

कविता

धोकालु माया

पथ्थरको आत्मा पनि मायामा पानी बन्दोरहेछ
कोमल आत्मा पिडामा पथ्थर सरी बन्दोरहेछ
जीन्दगीका उत्तरचढाव नयनभरि छरिरहन्छ
हाँसो मुहारमा ल्याउ भन्दा आँशुले सधै बगाईरहयो

सपनाको संसारमा भुलाई मलाई छाडिदियौ
बाचा बनधन बाधेर किन आज भुलिदियौ
सजाएको थिए तिमिलाई आत्मालु रानी बनाएर
धोकाको राको सल्कायौ किन खरानी बनाएर

कोमल आत्माको नाटक गरी पथ्थरमा परिर्वतन
आँशु लुकाई हाँस्न खोजे तर छाउछ आज रोदन
सवस्रव ठानी तिमिलाई मन मन्दिरमा सजाएथे
जासुसी रहेछौ मन मेरो चोरी पागलसरी बनाइदियौ

सफलतालाई अंगाली असफललाई भुलिदियौ
मायाको परिचय कठोररुपमा तिमिले दियौ
सपनीमा आई मलाई पागल आज बनाउछौ
सारा संसार अध्यारोमा मलाई किन फसाउछौ

छाडि जानु थियो त ढुकढुकीमा धड्कीयौ किन
आखीर धोका हुन्थ्यौ भने नाता जोड्यौ किन
आफुलाई लानु धोकाको यो संघारमा निर्दोसलाई होइन
माफ नदिनु त तिमीलाई सजाय नै छैन

तिम्रा लागि त्यागे संसार रतिभर बुझिनौ तिमीले
आफ्नो ठाने तिमिलाई माया दियौ तिरस्कारले
अनौठो संसारको प्रकृति थाह रैछ तिमिलाई
झुक्यायौ आज तिमिले बधाई छ तिमिलाई

नशालु नजर तिम्रो कोहीलीको जस्तो बोली
सानैबाट सँगै खेल्यौ लाग्थ्यौ गाउघार झिलिमिली
रमाइलो संसार विताएर चलेको थियो जीवन
मिलनका पलहरु सम्झीन्दा भक्कानो फुटछ ्झन

धोका दिई मलाई तिमिले दियौ के को सजाय
बेदना कसलाई सुनाउ भएन कसैको उदय
आफ्नो ठानी तिमिलाई समर्पित गरे मेरो जीवन
पिडा डुविरहछ उदासी मेरो यो मन ॥

गणेश अभागी
मत्स्यपोखरी - ९ संखुसभा
हालः सुकुना बहुमुखी क्यम्पस, मोरङ्(I.ED. 2nd Year)

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin