kavita

कबिता

नेता र मन्त्रिहरु

लुरे लुरे नेताहरु
किर्ना जस्तै मोटाएका छन् ।
सिनोमा गिद्ध घुमे जस्तै
कुसर्िको कै लुछाचुडीमा भुलिएका छन् ।
आफुलाई नै सर्वोउत्कृष्ट घोषित गर्दै
हाम्रा नेता जीहरु आफै आफै फुलिएका छन् ।

हामी
देशले थेग्नै नसक्ने
सेना र प्रहरीको कुरा गर्छौ ।
सभासदहरु र मन्त्रिहरु चाहि
सेना र प्रहरी बराबरी बनाउन चाहान्छौ ।
कति गजबको कुरा छ
हामी नर र नारी
दुइ जातको मात्र कुरा गर्छो
अनि जातिय स्वायत्त राज्यको घोषणा गर्छौ ।

हामी जनताहरु लाई
नेपालको सगरमाथा चाहन्छि
सगरमाथाको नेपाल चाहिन्छ
हर हालतमा शान्ति चाहिन्छ
अनि
जातिय सहिष्सुणता र
धार्मिक सदभावको एउटा सिङ्गो नेपाल चाहिन्छ ।

उता
हाम्रा मन्त्रि ज्यूहरु
कहिले उत्तर गएका छन्
कहिले दक्षिण गएका छन्
कहिले पश्चिम गएका छन्
आफ्नो परिवार र आफन्त लिएर
कहिले कता कहिले कता गएका छन्
साच्चो अर्थमा देश र जनताको नाम बेचि
हाम्रा मन्त्रिहरु मागी खाने एजेन्ट भएका छन ।

चकेन्द्र राई "कैदी"

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin