kavita

कविता


भोटको शरणार्थी भन्दा पनि........

म एकले मैना
मेरो भाषा मिठो छ भेष मिठो छ
तर भोटको शरणार्थी भन्दा पनि
अझैं मैले पार पाएको छुइन
कहिले रुखको पोथ्रामा बास बस्छु
कहिले बयरको काँडे पोथ्रामा
म एकले मैना हुँ त्यसैले
कहिले खोलाको गत्तिर्को तिरमा
त्यो गौथलिको गुँडमा बास गर्न पुग्छु
प्राय मेरो चीन जानहरु जंगलमा बस्छन
त्यहाँ डर लाग्दा राक्क्षास् जनाबारहरु छन्
एक्लै हिड्छु हुस्सुमा तेसै-तेसै
मेरो भाषा कसैले बुझ्न सक्दैनन्
नत मैले उनीहरुको भाषा नै सिक्न सक्छु
घनघोर जंगलमा उडीरहेछु आन्योलमा
मेरो त्यही जनाबार विस्तारबाद साथी छन्
आज त्यहीं चराचुरुंगी र बाँदर, सिंह, नजिक छन्
झन् ठुलो पुवाखे हुचिले राक्षास् पर
माथि आकासबाट चिहाँउँछ
त्यो बाट पनि डरै छ किन कि
अरु राक्षास् भन्दा शक्ति साली छ उ
त्यही नबोल्ने जंगलका रुखहरु
ठिंग उभिएर मलाई हेरीरहेछन सधैं
सुकेको बगरको नबोल्ने ढुंगा बेजवाफ छन्
त्यहिँ रुख पातझार साथी छन्
कानको जाली फाट्ने गरि चिच्याउँछन्
छेवैमा आएर मलाई चिथोर्न खोज्छन्
कहिले कहीं बाँदर राक्षास्हरु मलाई लखेट्न खोज्छन
चिच्याई चिच्याई कोतार्न खोज्छन
कहिले म उनीहरुलाई लाखेट्दै हिड्छु
तथानं हकार्दै गाली गर्दै खेद्दछु
त्यस्तै त्यस्तै क्रमले मेरो जिवन चली रहेको छ
युगौ युग देखिं युगौ युग देखिं
म दुइ पर्खालको बिचमा बाँचेकी निर्दोष मैना
किनकी म एक्लो देख्छन कम्जोर देख्छन
म अलिक पर सर्न खोज्छु
भागी हिड्न खोज्छु
तर फेरी बाँदरहरुले छेवैमा आई
चिच्च्येरा मेरो सातै खाई दिन्छन
त्यसैले बाद्य आफू तयारी हुनु पर्ने छ
आज म दोस्रो विस्व युद्द देखिन्
तेस्रो विस्व युद्दमा प्रेवेस गर्न तयार हुदैछु
म अव मेरो भिमसेनको तरवार र ढाल खोज्दैछु
खोड़ा, खंजर, गोला, बारुद, तयार पर्दैछु
त्यसैले बाद्य हुन तयारी छु!
त्यसैले बाद्य हुन तयारी छु!!
त्यसैले बाद्य हुन तयारी छु!!!

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin