kavita

कबिता


आउनेछु फर्केर

नभाग टाढा छोडेर मलाई, बस्नु है पर्खेर
पवित्र सिउँदो राख्न, है जोगाई आउनेछ फर्केर
थोरै छन मित्र धेरै छन् शत्रु स्वार्थी यो संसारमा
मिठो बोली वचन गर्न बसैसँग नबोल्नु झर्केर
चोखो माया छ तिम्रो र मेरो पवित्र बन्धन सरी
बलियो गाँठो पारेर राख्नु नफुकोस् सर्केर
हाँसो र आँसु, मिलन र विछोड यस्तै हो संसार
सुख र दुःख संघर्ष गर्नु नभाग्नु तर्केर
हि हो देउता तिमी र मैले मन्दिरमा पुजेको
पवित्र पार्नु मनको त्यो मन्दिर नभत्कियोस् थर्केर
अन्न र पानीले बनेको नहो शरीर कहीँ सन्चो कही बिसन्चो
अनायासै कतै ढलेछ भने नरुनु धर्केर
नभाग टाढा छाडेर मलाई बस्नु है पर्खेर
पवित्र सिउँदो राख्नु है जोगाई आउनेछु फर्केर ।

भोला थापा छेत्री,
दोहा कतार
ईमेल:madhu-thapa@hotmail.com

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin