kavita

कबिता


Photo By- Dr. Krishna hariBaral
मेरो चोक

साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन सब थोक छ
असंख्य रोग छ
अनन्त भोक छ
असीम शोक छ
केवल हर्ष छैन
यहाँ त्यसमाथी रोक छ
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन सबै थोक छ
यो मेरो चोकमा
देउताले बनाएको मानिस र
मानिसले बनाएको देउता
दुवैथरीको निवास छ
तर यहाँ दुवैथरि निरास छन्
दुवैथरि उदास छन्
मानिस उदास छन्
किनकि तिनलाई यहाँ
रातरातभरी उपियाँले टोक्छ
दिनदिनभरी रुपियाँले टोक्छ
र देउता उदास छन्
किनकि तिनलाई यहाँ
न कसैले पुज्छ
नकसैले ढोग्छ
त्यसैले यो मेरो चोकमा
देउता र मानिसले
एकअर्कालाई धिकार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन सब थोक छ

भुपी शेरचन
[घुम्ने मेचमाथिको अन्धो मान्छे बाट]
साभार: नेपालमा गरिबीको बहस
धन्यबाद: मार्टिन चौतारी,
काठमाडौ नेपाल

1 comment:

  1. Hello yo kabita published garera dherai thulo gun laaunu bhayo kabitako duniyalai ma dherai aabhari chhu, kinaki ma bhupi serchan sirko fan hu,

    Suman 'bikal'

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin