kavita

कबिता


आव्हान

समथरबाट पहाड चढ्दैमा
सगरमाथा पुग्न सग्दैनौ
पहाडबाट तराई झर्दैमा
मेरिआना देख्न सक्दैनौं|
अहंकारको बायुपंखी घोडामा
आफ्नै गोहोमा अल्मलिदैछौं|
हामी एउटा मूलबाटो निस्किने
गोरेटो मै अटास मटास गर्दैछौं|

इतिहासको पाना च्यातेर
गरम् गरम् चपाउदै छौ
हिजोको थोरै उज्यालोको
आकृतिको भित्तलाई...
गर्ल्यामगुर्लुम ढाल्दैछौं,
समाबेसिको बिगुल फुक्दै
आफ्नै संस्कृति र समाजमा
ध्वनि प्रदूषित बनाउदै छौं,
आफ्नो रंग खोज्ने निहुँमा
आरोपको हिलो छ्यापा छ्याप् गर्दैछौ|

देउता पुज्ने गरेका ढुङाहरुलाई
बेकामे भनेर अहिले नफ्याकौं,
काम लाग्छ ढुंङ्गा-माटो दुवै
किनकि
यो धर्तीको श्रृजना एउटाले मात्र हुदैन|
म,अनि हामी सबै यसमा रहनुछ|
खडेरी मनको मरुभूमिमा कहिले
एकता र राष्ट्रियताको बीउ उम्रिदैन|
चाहे पूर्वको कञ्चनजङ्धा होस या
पश्चिमको मानसरोवर-
हाम्रो लागि उत्तिकै
सङ्लो र अग्लो हुनु जरुरी छ|
अनि मात्र सगरमाथा चिनाउन सक्छौं|

मनु लोहरुङ राई
संखुवासभा, कोशी, नेपाल
हाल: ईजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin