कालुको कलम
कसैसंग नडराउने निडर कालुको कलम
कसैसंग नझुक्ने स्वाभिमानी कालुको कलम झूठो बोल्न नजान्ने निर्दोष कालुको कलम
सत्य तथ्य ओकल्ने निष्कपट कालुको कलम
यति मात्रै हैन ! कालुको कलम
संधै देश र राष्ट प्रतिको जिम्मेवारबोध
संधै नेपाल आमा प्रतिको कर्तब्यबोध साँझा चिन्तनको भारी बोकी उकाली तिर लम्केको
सबैलाई आद र आधार दिएर ओह्रराली तिर झरेको
अरुलाई सूचना र सन्देश दिएर भञ्याङ तिर तरेकोसबैलाई हौशला र प्रेरणा दिएर घुम्ती तिर सरेको
साच्चै ! मेरो कालुको कलम
जस्तै आपद र बिपदमा पनि स्थीर
जस्तै हाँसो र खुसीमा पनि गम्भीर सुनामी र भुकम्पले हल्लाउन नसक्ने
आँधी र तुफानले बगाउन नसक्ने
कसैले काट्न र जलाउन नमिल्ने
कसैले ढाँट्न र साट्न नमिल्ने
कसैले चोर्न र फोर्न नमिल्ने
त्यसैले ! अपरम्पार कालुको कलमदुःखीहरुको घाउमा अचुक मलम बनोस
गरिबहरुको झुपडीमा अपार राहात बनोस पापीहरुको बिरुद्धमा मुटुको सुल बनोस
दयालुहरुको पक्षमा सुरक्षाको झुल बनोस
अत्याचारीको टुपीमा तिखो त्रिसुल बनोस
ब्रमचारीको दिलमा मिठो बिकुल बनोस
कामना छ, सफलताको शिखर चुमोस
म मरे गए पनि अटल र अमर रहोस
मेरो का....लु...को कलम !!!
छक्कु "उदासी"
म्याग्दी नेपाल
हाल: टोकियो जापान [यो छक्कु उदासी, सम्पूर्ण मेरा साहित्यिक, मेरो सञ्जाल सहयोगी, मेरो शुभचिन्तक, मेरा आफन्त अनी बिस्वको कुनै पनि कुनामा रहनुहुने नेपाली दाजुभाइ तथा दिदिबहिनीमा २०१० को हार्दिक हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु, बितेका सालले दिएका चोटहरु यो सालले निको पारोस, २००९ मा पुरा हुन नसकेका तपाईंको कार्यहरु पुराहोस। धन्यवाद। ]
dherai ramro kabitaa chhakku g, keep it .
ReplyDelete