स्वतन्त्रता हो मानवता रे!
स्वतन्त्रता हो मानवता रे!
घाम यही हो, कुईरो धनमा लाग्छ कहाँ पता रे!
कुईराका सब काकहरु पनि बोल्छन यसकै कथा रे!
सिक्रीका पनि पशुहरु भन्छन: "आजाद सबै छौं सदा रे!
धेरैले बोल्छन, थोरले बुझ्दछ,
दासता हो मानवताको चिता रे!
स्वतन्त्रता हो मानव चिता रे!
स्वतन्त्रता हो मानवता रे!
युग युग कोटी मानव उडेथे लाउन यसको पता रे!
तर यति मसिनो छ यसको उज्यालो, भुमा स्वर्ग ज्यथा रे!
सुनसाननै यसको बाटो
झर्छ जहाँ मरमिट माटो,
ममता यसको समतासँगमा
ढाक्दछ जागृत जनता रे!
स्वतन्त्रन्ता हो मानवता रे!
मिथ्या पूजन गर्छ निरन्तर यसको शोषण प्रथा रे!
बर्गस्वार्थले यसको अर्थ बिपरित पारे बटारे!
मानव मानवप्रति जब मानव हुन्न, हुँदैन पता रे!
सन्तुलनमा ताराहरुको झल्क्यो पहिले यता रे!
स्वतन्त्रता हो मानवता रे!
खिच्दछ नरले नर-वानरझैं फन्को लगाई गलामा,
किन्दछ मानिस मानिसलाई चतुर बनेर कलामा,
बायाँ करमा रोटी समाऊ, दायाँ करमा तरवार,
भोको उदरले भगवान बोल्दछ, काँप्दो मुटुले अवतार।
ब्यक्ति बिचार छ अर्थ स्थितिमा नित्य अवस्थित क्यारे!
अदृष्य जानी हल्छ फटा रे!
स्वतन्त्रता हो मानवता रे!
कब्जे तिमीले शस्त्र र औजार, कल र कोदाली कुटा रे!
भोक र रोगले दुनियाँ मुठीमा पिस्छौ मुष्ति बटारे!
समष्टिका हक ब्यष्टिले टारे पाउँछ कसले था रे!
स्वतन्त्राको सच्चा मुटु तर समता, मानवता रे!
आँखा खुला औ दहरो मुटुको पूरा नरको ज्यथा रे!
स्वतन्त्रता हो मानवता रे!
महाकबी: लक्ष्मी प्रसाद देवकोटा
[लक्ष्मी कबितासंग्रहबाट]
साभर: नेपालमा गरिबीको बहस
धन्यबाद: मार्टिन चौतारी
namaste ! yasta hamro sarsthaharu pani lekh kabita haru parkasit garda sun mathi suganda bhane jastei hune chha . ani derai kura sikne mauka pani hami sabailai milne thiyo
ReplyDeletethnk's a lots .
chakendra rai
चकेन्द्र जी हाम्रो मेन गोल नै त्यहीं हो र हाम्रा अग्रजलाई सम्मान हो। हामी कोशीस गर्दैछौ अरु पनि ल्याउने।
ReplyDelete