kavita

कबिता

म बेचिएको चेली हुँ

मेरो हासो खुसि र आकांक्षाहरु केहि छैन
जिवन जिउनुको अर्थ र सार्थकता पनि छैन
किन कि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै रहर हुदैन रे ।
सप्तरगीं िसंगारमा सजिएर हिड्नु
नारी पर्व तिज र भाईटिकाहरुमा रमाउनु
पापै लाग्छ मलाई
किन कि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै आत्मा हुदैन रे ।
मैले त
तिर्खाएको उटहरुलाई
सागर बनि प्यास मेटाउनु पर्छ
भोकाएका िहंस्रक िसंहहरुलाई
काचो बिलो बाडी भोक मेटाउनु पर्छ
किन कि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै जिवन हुदैन रे ।
यी नै पुरुषहरु हुन
कसैले बेचि दिन्छन
कसैले किनि दिन्छन
निर्मम कुमारीत्व र अस्मीताहरु लुट्छन्
अनि आफुलाई बहादुर सम्झदै
रण्डी र बेश्याकको उपनाम दिन्छन ।
हुन पनि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै नाम हुदैन रे ।
हराभरा बैस भईन्जेल
सकिन्जेल लुट्छन् र चुस्छन
सुरा सुन्दरी र परि भनि भनि
जवानि सबै रित्ताई दिन्छन ।
अनि कामै नलाग्ने पत्कार ठानी फाली लिन्छन्
हुन पनि म बेचिएको चेली हुँ
भन्छन बेचिएको चेलीको कुनै मुल्य हुदैन रे ।
यहाँ
लुटेराहरु चोखो हुन्छन
लुटिएकाहरु जुठो हुन्छन
हो हजुर म बेचिएको चेली हुँ
भन्छन् बेचिएको चेलि मान्छे बन्न सक्दैन रे ।
त्यसैले
मेरो हासो खुसि र आकांक्षाहरु केहि छैन
जिवन जिउनुको अर्थ र सार्थकता पनि छैन ।
हो म माइति भनाउदाहरु बाटै बेचिइको एक चेली हँु ।

चकेन्द्र राई "कैदी"
धनकुटा

(समर्पण ति चेलीहरुलाई जो बेचिएर तिरस्कृत जिवन जिउन बाध्य छन् । माफ गर्नु होला बेचिएको चेलिहरु प्रति गेर्ने हाम्रो समाजको ब्याबहार र त्यसले दिने पिडालाई बिषय बनाएर लेख्ने कोसिस गरेको छु ।)

"सम्पुर्ण मानव जाति मानव बेचबिखान को बिरुद्ध एक जुट हौ" ॥

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin