kavita

कविता


म:म:स्वर्गद्वपि

स्वर्गद्वपि भूमी म:म:जननी नेपाल
म:म:हृदय माता वसन्तम् ममता
म:म:सर्ब म:म:गृह च:कर्म नेपाल
म खेल्दै हुर्केको स्वर्गदापी नेपाल
मेरो मन पर्ने स्वर्गको टुक्रा नेपाल
चाहे म संसारको कुनै कुनामा हुँ
चाहे बाचूँ चाहे मरुँ चाहे म लडँउ
म मेरो भूमि नेपालको माया गर्छु
तोते बोलि सिकाई, हातहरु समाई
ताते भनि हिड्न सिकेको काख भूमि
उनि मेरी जन्माउने हुर्काउने आमा
मेरो आमा अमर पवित्र अजय छिन्
मेरी आमालाई दुख्दा मलाई नै दुख्छ
मेरी आमा रुँदा मेरो पनि हृदय रुन्छ
उनीले नै मलाई आँखा देखाएकी हुन्
मेरो स्वास प्राण उनीले बचाएकी हुन्
कन्थमूल पाड०लाड०,गिट्ठा र भ्याँकुर
आलु सुठो रुखो सुखो भटमास र पिठो
साग सिस्नो, रोटो फाफर कोदो खुवाई
हुर्काउने जननी आमा मायाको खानी
लाख लाख घन्यबाद! भूमि तिमीलाई|

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल

3 comments:

  1. मिना जि ! जन्म दिने आमा र जन्मभुमी प्रतिको तपाईंको साच्चो स्रदालाई सलाम गर्न मन लाग्यो । हरपल आफ्नो बारेमा लेखे पनि यक पल भय जन्म पनि दिने आमा र जन्मभुमी को नाममा समर्पण गर्नुले पनि आत्माको कुरा झल्काउछ । राम्रो लाग्यो मिना जि समय र भाग्यले तपाईंलाई सधैं साथ दीइरहोस ।

    धन्यवाद !

    चकेन्द्र राइ ''कैदी ''

    ReplyDelete
  2. चाकेंद्र जी, जहाँ रहेर पनि आफ्नो स्वभिमानको ख्याल आउँछ, प्रथम मानिसको कर्तब्य भएर होला सायद आफ्नो जन्म भूमिको माया जहिले ख्याल आइ रहन्छ,यहालाई टिप्पणीको लागि धन्यबाद तपाइको जय जय होस,"मृदु"

    ReplyDelete
  3. चकेंद्र जी, जहाँ रहे पनि आफ्नो अस्तित्व जन्म घर भनेको सम्झना आउदो रहेछ,यहाको जय जय होस यहाँलाई धन्यबाद छ! "मृदु"

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin