kavita

कबिता

"टुक्राटुक्री"

जीवन

के हो जीवन जस्तो लाग्थ्यो
मर्दै मर्दै बाँच्नु रैछ।
बिश्वासमा बाँच्नेलाई
जीवन साँच्नु रैछ॥

मायाँ

के हो मायाँ जस्तो लाग्थ्यो
मुटु साट्नु रैछ।
हासो खुसी बाडी बाडी
जीवन काट्न रैछ॥

घात

घात के हो जस्तो लाग्थ्यो
आफ्नै चिता बाल्नु रैछ।
सागरको बिच भागमा
एउटा दियो बाल्नु रैछ॥

चकेन्द्र राई "कैदी"
धनकुटा,
हाल: दोहा कतार

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin