kavita

पद्य कविता



मेरो माँयालाई थिचोस अझै-अझै

जुन कुराको डर थियो, त्यहीं नै भयो आखिर
तिमी मेरो भाग्यमा थिएनौ नै, बनेको तकदिर
भगवानको सायद तेहीं थियो, निर्णय र मन्जुर
आब त रह्यो मात्र मेरो, साथमा तिम्रो तस्बिर

तिमी खुसि भै बाँच्नु, उनीकै प्यारा बनि लकिर
बिताउनु पर्छ जीवन मैले अब, हेर्दै तेहीं तस्बिर
सडकमा फ्याकिएकी, सडकमानै फ्याक्यौं आज
रोएरै बसौला अब देखि,जीन्दगीमा सबैको माझ

मेरै आफ्नै भाग्य रेखा, कोर्न सकिन मैले आज
आँखामा बस्थ्यौ तिमी,आएर मेरो गोधुली साँझ
झर्न खोज्ने अश्रु धारा,त्यो पनि सुक्छ जब-जब
बाहिर भन्दा भित्र-भित्रै रोएको, कसले देख्छ अब

जताततै भौतारिन्छु, शान्ति जब कहीं पाउँदिन
तिम्रै अतितको दियो जलाइ,भौतारिन्छु दिन-दिन
तिम्लाई पर्खेर बाँचेको यो जीन्दगी,पार्यौ बेहाल
उनीसंग मेरो मायाँ भुलाई दिने, रहेछ सेहेजाल

मेरो जीवन जस्तो- चल्छ दुःख संगै-संगै चलोस्
तिम्रो जीवन भुलेर मलाई नासंझिने गरि फूलोस
खुसि भई बाँच्नु आब जिन्दगीमा उनिसंगै सँधै
उनको मायाले मेरो माँयालाई थिचोस अझैं-अझैं

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल

3 comments:

  1. bj sir namaskar!mero yo kabitama pahilo lineko tesro harafma bhagawan hunu parnema bhagawa matra bhaechh ani boru feri maile yo kabita milaer arko dherai nai rmro banaer mero blogma aaj haleko chhu sakinchh bhane blog bat nikaler arko same kabita hali dinu hunchh ki kripya sar! "mridu"

    ReplyDelete
  2. namaskar sir samyko pawandi bhanne aaj just haleko aajko chin hal dinu hola hijo send gareko same kabita ramro chain,"mridu"

    ReplyDelete
  3. Mina jee, dherai ramro kuraa, pathaaunu bhanda agaadi tapaile hernu holaa aagami dinaharumaa, tapaiko Tuteko sabda jodiyeko chha.

    Tnx.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin