कविता

"मेरो झुपडीको कथा...!"

मेरो झुपडीको कथा सुनाई रहेँ तिमीलाई
तर अनुनय बिनय, पटक्कै सुन्न चाहेनौ।
मेरो धड्कनको ब्यथा सुनाई रहेँ तिमीलाई
तर हृदयको भाव, पटक्कै चाल पाएनौ।।

हुँदा म धेरै टाढा तिम्रै गीत गाउँछु भन्थियौ
तर तिम्रो छेउ हुँदा, मेरो गीत गाउँदै गाएनौ।
तिम्रो माया पाएँ भने स्वर्गसरी जिउँछु भन्थियौ
तर सुम्पी दिएँ जीवन, प्रित लाउँदै लाएनौ।।

शून्यतालाई चिर्दै जूनेलीमा भेट्नआएँ तिमीलाई
तर भारी मन बिसाउँन, सानो ठाउँ नि दिएनौ।
उराठ मनको बस्तीहरुमा खोजी रहें तिमीलाई
तर छामेर मुटु सोधें कतै, तिमी थिंदै थिएनौ।।

तिमी बिना एकपल पनि बाँच्न सक्दिन भन्थियौ
तर वचन हारेर दिएँ तिम्लाई, लिदैं लिएनौ।
तिर्खाएको बेला खहरे र झर्ना तिमी नै हौ भन्थियौ
उषाका थोपा बटुली दिएँ तिम्लाई, पिउँदै पिएनौ।।

अर्जुन दुङ्मेन्,
बगदाद,इराक।

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin