kavita

कविता


"तिमीलाई नदेखेको"

तिमीलाई नदेखेको पनि धेरै भयो आजभोलि सपनीमा
आएझैं लागेथियो सुस्केरामा तर त्यसै टरीगयो बिहानीमा
प्रेमको कारागार भित्र शून्यतामा बसेको कैदी म त!
निदाउँछु अनुपम सौन्दर्य रहित तस्वीर राखी सिरानीमा।

बैजनी रंगीन ईन्द्रेणी किरणसरी पाउँछु मात्रै सम्झनीमा
बिक्षिप्त मुटु लिई भौतारीरहन्छु हृदयको बस्ती-बस्तिहरुमा
अनौठो आफ्नै एकान्त यात्रामा हिंडेको यात्री म त!
हराउँछु अज्ञात बनी गन्तब्य बिहिन भै अल्मलिई दोबाटोमा।

कसरी छायाँ बनी दियौ यथार्थ भेट थियो पुर्णिमाको रातमा
प्रतिक्षारत आत्मा बयेली खेल्थियो झपक्क झुलेका केशराशीमा
तिम्रै हिंड्ने बाटो भरी नियाली बसेको अन्धो प्रेमी म त!
छट्पटाउँछु, आँफै पिडाको महसुश गर्छु एक्लो जिन्दगीमा।

मधुर शब्दसंरचित सुरीलो स्वर तिम्रै हाउभाउ संगीतमा
क्षण-क्षण लोलाउँथे दु:ख साह्रा भुल्दै पाउँदा समिपमा
जीवन भोगाईको पर्खाईमा रहेको मानवरुप मात्रै म त!
पूर्णतादिन आईदेउ न हाँसो, खुशी र उमंग लिई जीवनमा।

आज धेरै पछी सुनामी छाल बनी आई दिनु निदरीमा
मलाई बिर्सिएर तिमी अरु कसैलाई नअङ्गाल्नु बिरानीमा
भुली यहाँ साह्रा सम्झिरहन्छु तिम्रो एउटै बचन म त!
हजारौं जुनी जोडी नछुटिने शब्द साटेथियौ यही जुनिमा।

अर्जुन दुङ्मेन्,
बगदाद, इराक।

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin