kavita

कविता

मानिस हामी सबै एउटै‏

मानिस हामी सबै एउटै मेरो
हातको पानी चल्यो
उसको हातको पानी किन चलेनँ
सृष्टी गर्ने हामी सबैका ईश्वर एउटै
उनैको मन्दिरमा मेरो नाउँको दियो जल्यो
उसको नाउँको दियो किन जलेनँ
पंक्षपाती बानी हाम्रो आँफू मात्रै जाति
यस्तै बानी भित्र अल्झिरहे
हामी कहिले पुग्ने माथि
अन्याय र अत्याचारले साँघुरिएको मन
अझै हामी नब्युतिएँ हराउँछौ
२१ औं सताब्दीको भिँड्मा
आफ्नै मनलाई सोधिहेर कस्तो हुन्छ
आफ्नै जन्मभूमिमा फरक
भै बाँच्नु पर्दा तड्पी
जल्छ मुटु पोल्छ छाती धिक्कारदै
आफ्नो जन्मलाइ
अब हामी सबै मिली सभ्य
समाजको निर्माण गरौँ
अँध्यारो मै रुमलिएर ढिलाइ नगरौँ

गीता थापा (दोषी)
हाल ईजरायल

1 comment:

  1. gita jee! k garne hami sabai ak hau tes pachhi ta yo kudritee haru hatne nai chha ni


    sunju bantawa

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin