जीन्दगी............!
सौन्दर्य पान गरेकाहरु भन्छन कोमल फूल रहेछ जीन्दगी
जीवन संग हारेकाहरु भन्छन इस्वरको भुल रहेछ जीन्दगी
मोज गर्नेहरु भन्छन स्रिस्टी को बरदान रहेछ जीन्दगी
बाह्रैमास काम गर्नेहरु भन्छन व्यर्थको श्रमदान रहेछ जीन्दगी
नव जोडी हरु भन्छन जिउदै पुगिने स्वर्ग रहेछ जीन्दगी
भुक्तभोगी हरु भन्छन नचाहेर पनि भोगिने नर्क रहेछ जीन्दगी
कर्मबीर हरु भन्छन शिर्जनाको पैमान रहेछ जीन्दगी
युद्धबीर हरु भन्छन संघर्षको मैदान रहेछ जीन्दगी
कुशल यात्रीहरु भन्छन सगरमाथाको शिर रहेछ जीन्दगी
असफल यात्रीहरु भन्छन चढ्न नसकिने भिर रहेछ जीन्दगी
आशाबादी हरु भन्छन कालोरात पछिको बिहान हो जीन्दगी
जसले जे भने पनि अन्त्यमा मरेपछिको चिहान हो जीन्दगी
विमल गौतम
मोरंग
हाल साउदी अरेबिया
bimalgautam2000@yahoo.com
बिमल जी, जीन्दगी बयान राम्रो लाग्यो,
ReplyDeleteजस मध्ये, I LIKE,feri pani arko ...
आशाबादीहरू भन्छन कालोरात पछिको बिहान हो जिन्दगी
जसले जे भने पनि अन्त्यमा मरेपछिको चिहान हो जिन्दगी
मिना बान्तवा,