kavita

कविता

तिहार......

चारैतिर फुलेहोलान सयपत्री र मखमली
कुर्दैहोलन बाटो मेरो देवी अनि देउराली

सप्तरंगी टिकामुछी राख्यौ होला टपरीमा
गास्दै हौली फुलको माला माइती आउने आसमा

बले होलान चारैतिर मैन बत्तीका तातीहरु
आए होलान भैलो खेल्न घरमा मेरो साथीहरु

आए भने हास्नु चेली माइती आयो भनि
आइन भने नरुनुहै माइती ढल्यो भनि

खट्दै छु है तातो घाममा पसिनाले भिजे पनि
अर्को साल पक्कै आउछु साउको ऋण बाँकि रहे पनि ........

सन्तोष रसाइली
फाक्क्तेप -दुइ
पाँचथर
email roj.santosh@yahoo.com

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin