kavita

कबिता


मेरो बुढी आमा र बाध्यता...........!

धरै दिन बिते पछि घरमा आज फोन गरे।
तातो खोले बनाई दिने मान्छे पनि छैन अरे।।

म माथी नै घाम पानी घरको छाना चुहिएर।
घुरेन जस्तै मेरो ओछ्यान सबै भुई उक्किएर।।

प्यास लाग्दा पानीदिने भोक लाग्दा खानादिने।
छोराछोरी कोहि छैनन् खाएको थाल धोई दिने।।

सबै गर्छन् छिछि धुर धुर हिड्छन तर्किएर।
न्ााक मुख बन्द गर्दै सबै हेर्छन् कड्किएर।।

मेरो आत्मा रायो धेरै आमालाई भेटे पछि।
यर्थाथको करौतिले आनो घाटि रेटे पछि।।

म चाहि यहा पराईलाई नुहाई दिदै ठिक्क।
खाना बनाई साझ बिहान खुवाई दिदै ठिक्क।।

धरै दिन बिते पछि........................
तातो खोले बनाई............................

चकेन्द्र राई "कैदी"
हाल: दोहा कतार

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin