कबिता
नारी,,,!
पृथ्बी आधा चल्ने गर्छ नारी कोख र काखमा
नारी जिबन अभिशाप हैन न त हो श्राप नै,
उस्का एउटा गल्ती सिनेमा झैं देखाइन्छन,
नत ऊ भुलमा पर्नु उस्को त्यो महा पाप नै।।
हजार गल्ती पुरुषको लुकाएर लुक्न सक्छ,
नारीको एउटा गल्ती तैरिएर छछल्किन्छ छाल झैं
खुशी सुख यहाँ सबै अरुलाई नै लुटाएर
नारी त्यो डुबीरहन्छे सधैं सधैं आँशुको ताल मै।।
जति गुञ्जिएपनि नारी बेदनाका क्रन्दनहरु यहाँ
कानमा तेल हाली आँखामा कालो चस्मा लाउँछ दुनियाँ
त्यसैले यहाँ हरेक क्षणहरु नारीका लागी बिषाक्त छन
जे गरे पनि आखिरमा त्यहि नारी नै रहन्छिन शुन्य।।
नारी, तिमी पनि एउटा रथको पाङ्ग्रा हौ नी,
बोल्न सक्छौ तिमी पनि चलाएर ज्वारभाटा,
कति पर्खिन्छौ, तिमी सधै पिर अनि दुखको भकारी,
छातीभरि पिर बोकी, आफ्नै जिबन पारी घाटा।।
मीना बान्तवा "मृदु"
अनारमनी-३, बिर्तामोड
हाल: तिबेरिया, ईजरायल
Subscribe to:
Post Comments (Atom)
excellent, mina g, dhera dherai shubhakamna.
ReplyDeleteSunita gurung
kathamndu
सुनिता जी नमस्कार!
ReplyDeleteमेरो कविता लाई अमुल्य समय दीई पढ्नु भएर सान्त्वना दिनु भएकोमा तपाइलाई धन्यबाद आशा छ, तपाइको सधै सान्त्वना मिलि रहोस hajur लाई धन्यबाद |"
मिना बान्तवा,