बिदा तिमीलाई,,,,,,,,,,,,,,,,!
अर्कैको शिंदुर लगाई डोली चढ्दा
तिमीलाई खुशी मिल्छ भने प्रिय,
लगाऊ शिंदुर चढ डोली टाढा जाऊ,
कहिले नदेखिने मेरो यो नजर देखी।
ब्यर्थै सपनाको संसार सजाई राख्नु भन्दा,
तिम्रो नाम जप्दै दिनै देऊराली धाउनु भन्दा
म पनि मिल्काई दिन्छु तिम्रो याद
दु:खी यो मेरो प्रेमको नगर देखी।।
तिम्रै लागी छरपष्ट बनाई राखे
भावनाको बिस्कुनहरु,
माया दिने ठाउँमा दया गर्न खोज्छौ,
गरीब अबस्य हुँ, भिखारी म हैन,
मेरो प्रेम, महासागर भयो क्यार तिम्लाई
रोकिदिन्छु मेरो प्रेम, सुकाई दिन्छु सागर,
तरी जाऊ,पानी बिनाको रुखो त्यो बगर टेकी।
धेरै बिते दिनहरु, धेरै बिते रात,
छटपटीमा जिबन बित्यो पाइएन त्यो साथ,
माया प्रेमको साँगर गहिरो भन्छन भन्ने सबै
डराई हाल्यौ छेउमा आउने तरंगको लहर देखी।
दिनु दियौ धोका सबै, मैले पनि लिएँ,
आँशुको धागो बनाई धेरै पल्ट सिएँ,
तिमीलाई पाउने मेरो ईच्छा र रहर ठुलो थियो,
दिंदैछु बिदा तिमीलाई आज देखी आउने छुईन सपनीमा,
छोडी गयौ पराई भयौ, मेटाउदै छु तिम्रो नाम
मैले गरेको त्यो अकल्पनिय
ईच्छा र आकंक्षाको भण्डार देखी।
बि. जे. बान्तवा “पराईमान्छे”
ठुलोदुम्मा / भोजपुर
wow Bj jee how nice youR kavita bhaneko,
ReplyDeletesadhai kalam chalosh hai!!!
geeta doshi
Malai ramro lagyo bj sir, euta jindagi ko katha jodiyeko chha, ma dherai fan bhae aru pani dinharu tapaiko sanda sanga ramauna paau ani aafno hridayama malam lagauna pau.
ReplyDeleteSanjeep Dewan
Kanyam: Ilam
Hal : England
bj g it is too nice ak dam ramro lageuw yestai ho manishko jeendaki kahile hanso ta kahile rodan kahile maya ta kahile bichhod ko sangam ho jeendaki.
ReplyDeleteबिजे जि, यो म बान्तावा यावाको सेवा हैं।
ReplyDeleteहैन अहिले मेरो त च्याटिङ्ग स्याटिङ्ग पनि बन्द भयो। yahoo र Gmail कुनैको पनि चयाट् चल्दैन। यो mail.in.com बाट अनलाईन हुन्छु। फेरी online गरेर काम गर्न लागेपछी आँफै एकछिन पछी disconnect भई हाल्दो रहेछ। एनी वे, तपाईं हाम्रो भेट त मेल मार्फत पनि भई हाल्छ। अर्को कुरो; हाम्रो bhojpures ब्लग साँच्ची नै फाष्टाएको छ है! खुशी लागेको छ मलाईपनी। आज त तपाईंको पनि गम्भिर र वजनदार कविता पढ्ने अवसर दिनु भएको रहेछ। झनै खुशी लाग्यो। तपाईंको article एकदमै राम्रो छ। तर comment गर्न चाँही मिल्दैन यहाँ मेरो “blagger.com” Block भएकोले गर्दा। त्यसैले मेल नै कोरी हालें है बिजे जि। ए साँची ! अनी हाल खबर के कसो छ सर? आशा छ, सबै राम्रै स-कुशलाई हुनुहुन्छ होला। अनी शुभ-दिपावलीको पनि हार्दिक मंगलमय शुभकामना तपाईंलाई खुसुक्कै भनेको है। ह हा हा ...! किनकी भोली त लक्ष्मी पूजाको दिन हो क्यारे! धेरै धन आर्जन होस्। लक्ष्मीले तपाईंको पैसाको ढुकुटीमा बास् गरुन। ल त यहाँको दिन शुभ-रहोस्। अर्को मेलमा फेरी भेटौँला। धन्यवाद!
उही मित्र- अर्जुन।
B.J.SIR PRAGATIKO KAMANA SATH DIPAWALIKO BANDANA TAPAIKO MANKO MANDIR SADA WASTABIK BHABANAMA BAGIRAHOSE YEHI CHHA SUBHAKAMANA,
ReplyDeleteMINA BANTAWA,
नमस्कार बि.जे.सर,
ReplyDeleteम पहिले देखी नै सोचीराथेँ आफ्नो रचना पनी प्रकाशित गर्नु पर्ने भनेर
तर आज गर्नुभएछ सारै खुसी लाग्यो,फेरी फेरी पनी गर्नु होला
भन्ने आग्रह गर्दै शुभ दिपावलीको मंगलमय शुभ कामना...
मेरो सम्पूर्ण स ह यात्री साथीहरुमा साहित्यिक अभिबादन एबं तपाईंहरुको हौसलाको फोहरामा स्नान गर्न पाउँदा मलाई धेरै भन्दा धेरै खुशी लाग्यो। तपाईंहरुलाई अन्तर हृदयदेखी धन्यवाद नदीइ रहन सक्दिन। गीता जी, सञ्जीप जी, एन के बान्तवा बन्धु, मिना जी अर्जुन
ReplyDeleteजी र ईन्द्र पुन जी तपाईंहरुको हौसला सदा मेरो साहित्यिक नियात्राको एउटा उत्प्रेणा बन्नेछ। धन्यवाद
तपाईंकै
बि जे बान्तवा