कबिता


परदेशीको तिहार

आँगनमा मखमली फुलहरु फुल्दा
फाँटहरुमा मासर्िधान लहलह झुल्दा
तिहार आयो दाजुभाइको याद आउँदो हो
कोहीलाई भने खुशीयाली मनमा छाउँदो हो

बहिनीले फोटो हेरी माला गाँस्दि हुन्
आँखाभरी आँसु बोकी पीरमा हाँस्दि हुन्
दैलामा फोटो हेर्दै आँसु झारी झारी
परदेशीएको माइती सम्झी रुँदै घरीघरी

छोरो सम्झी बुढी आमा बाटो हेर्दि हुन्
पि्रयसीले फोटो हेरी लामो श्वास फेर्दिहुन्
झोलुंगाको छोरो उठी बाबा भन्दाखेरी
धनसँग परदेशीले जीवन साट्दाखेरी

धागो बाँधी चिठ्ठी आउँछ हाँसो खोसिनेछ
आँसुसँगै सप्तरंगी भाइटीका मुछिनेछ
बेसहारा परिवारको बासै उठाउनेभो
शीर सिन्दुर खोसेर चुरा फुटाउनेभो

सुमन वैरागी
हर्मी- ९ गोरखा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin