kavita

कबिता


हाम्रो नेपाल‏

हाम्रो नेपाल अग्र मानु रोपेर पाथी उब्जाउँने दाउँमा
बाँच्दैन कहिल्यै नेपाल सर्महारा'भै कर्महाराको नाउँमा

हरियाली छ गरा-गरा र ती भिराला अनी थुम्कामा
उभिएको छ हेर त्यो नत्तमस्तक भै पहाडको घेरामा

छङ्ग-छङ्ग गर्दै बग्दछन्,भिरपहरा हुँदै छहरा-छाङ्गा
चिर्बिर-चिर्बिर गर्दै नाँच्दछन चरी ओल्लो र पल्लो हाँगा

त्यो सानु प्रकृतिको धनी सबैको प्यारो सुन्दर बिशाल
शान्तिप्रिय भनी सबैले चिन्ने त्यसैको नाउँ हो नेपाल

गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल ईजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin