kavita

कबिता

मेरो जिन्दगी,,,,,,,,,,,,,,

कसैले मलाई बोलाउँदै थियो
मेरा पाईला अगाडि बद्दै थिएँ
रात ढलदै थियो म जुनकिरीको
प्रकाश बटुल्दै थिएँ
जब एउटा रातझरेर बीहानी बनी रमाउँथ्यो
अनी घाम उदाएर मेरो झ्यालको बाटो हुँदै
मलाई भेट्न आउँथ्यो
अनी म पनि त्यो रातलाई केही क्षणलाई भएपनी
बिर्सिएर दिन सँगै भुलेकी हुन्थे
जब दिन ओझेलिदै जानथ्यो मेरा सारा खूसिहरु
अँन्धकारको बाटोहुँदै लुटिन्थे
यसरीनै कयौं बिहानिहरु रातसँगै ढले
मेरा खूसिहरु पनि रंगनभरिदै गले
म सुन्यसुन्य छायामा सम्मेटिएकी नदेख्ने घाऊ
मेरो जिन्दगी हारमा लुटटिएको एउटा जुवाको दाऊ

गीता थापा
ईजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin