kavita

कबिता

स्मृतीको पानाभरि अजनबी छाया

स् - स्पर्श गर मलाई समिपमा आएकी छु।
मृ- मृदुभाषी तिम्रो खातिर पालुवा झैं छाएकी छु।
ति- तिम्रो मन थाहा छैन काँडे तिरले घोच्ने हो की|
का - कामै छोडी तिमी पाउन देबीथान धाएकी छु।
पा- पागल जस्ती देखी सबले कुरा काट्ने हुनकी |
ना- नाम तिम्रो गुनगुनाउँदै मैले गित गाएकी छु।
भ- भत्किएका सपनालाई पुरा गर्ने चाहनामा|
रि- रित्तो मन भर्नलाई तिम्लाई माया लाएकी छु।
अ- अबिस्वासको पर्दा हटाई भगवानको आस्था गर्छु।
ज- जल चढाई बरपिपलमा तिम्रै कसम खाएकी छु।
न- नजरहरु खोज्छन तिमी, नेप्पथ्य र क्षितिजभरि
बि- बिन्ती मेरोकोही छैन तिमीलाईनै चाहेकी छु।
छा- छामीहेर मुटु मेरो धड्किंदैछ तिम्रो यादमा।
या- यात्रा गर्दा अन्तिम मोडमा तिमीलाई नै पाएकी छु।

स्मृती ढकाल
याकु-७, भोजपुर
हाल: मेट्रो कलेज

1 comment:

  1. Oh Smriti jee ko Poem ta dharai ramro po lagiyo ta malai ta

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin