kavita

कबिता

पैसा तँ धन्य छस् !

सभ्य नरनारीको स्वच्छ भावनाहरु,
तेरो अगाडि घुँडा टेकिसकेका छन् !
समाज सुधारक राष्ट्र चिन्तकहरु,
तेरो पछाडि किंकर्तव्यविमूढ बनेका छन् !!
त्यसैले पैसा तँ धन्य छस् धन्य !!
तँलाई पाउनेहरु यहॉँ,
स्वर्गको आनन्द लिएका छन् !!
अनि नपाउने चाहिं,
भोक भोकै मरेका छन् !!
न तँलाई खान हुन्छ,
न लगाउन नै,
तैपनि मेरो तृष्णामा मानव
काकाकुल वनेर भौंतारिदैछ !!
अनि
जीवनभरी नै पैसा ! पैसा ! पैसा ! भन्छ ।
असी बर्षे वुढोसँग १५ बर्षे ठिटीको,
अमिल्दो जोडी मिलाउने ।
होटल र रेष्टुरेण्टहरुमा नव किन्नरीहरुको,
मूल्य निर्धारण गर्ने ।
जीवनमा जवानी थप्ने ।
तेरो नाम संसारले जप्ने साँच्चि नै
पैसा तँ धन्य छस् धन्य !!!

-चकेन्द्र राई “कैदी”

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin