kavita

कविता

मानिस भौतारिदैं हिंड्छ किन?

चरा-चर् जगत्मा रहेको ब्याप्त ईश्वरलाई नदेखेर
मनमा एकल सुख र सैलिका अनगिन्ती कुन्ठा बोकेर

खोज्दछ ईश्वरलाई मोठ र मन्दिरमा
आफ्नै सरह नबुझेर लताउँदछ
अर्को आत्मालाई डुबेर बिलासीतामा

केबल नगर्दो हो अपमान बुझ्दो
होत ईश्वर हो सम्मान
कत्ती रमाउथ्यो होला यो जगत
मान्छे बन्दो होत महान

जन्मेर आयो खाली हात तर
सधैं खोज्छ के हराएको छ उस्को जहाँ
झुटको खेती लगाई मानीस खोज्दछ रित्तो
आत्मामा अमर हुन यहाँ

मानीस जस्तो अहङ्कारी भै यो धर्तिलेपनि
छोड्दो होत आफ्नो रतिभर धर्म
के नै पो बाँकी हुन्छ र मनुस्य
यहाँ गर्नको लागी भनी तिम्रो कर्म

असहिये राप बोकेर उसैगरी उदाउँछ
सुर्य काला ती पहर फाँटेर
कहिले?? उदाउँछ हे मनुस्य तिम्रो मनमा
भाईचारा जानेबेला भयो २१ सौं सताब्दी बीतेर

थोरै टाढा हुन सके लोभ-मोह र वासनाबाट
निस्यनै थालनि हुन्छ सु, कर्मको मनुस्य तिमीबाट

गीता थापा (दोषि)
-ईजरायल

2 comments:

  1. कबिताको भाब मिठो र अर्थपूर्ण छ। शायद मान्छेहरुले यी बिलासिता तथा बासनाका सतह बाट अलिक माथि भएर जिउने हो भने जिबन साँचिकै ति झिना मसिना कुराहरुबाट मुक्त भई यथार्तपरक हुन्थ्यो होला ।

    ReplyDelete
  2. बिल्कुल आशा जी ले भने झै लोभ मोह र बासना बाट टाढा भै सत्कर्मको लागी जीवन जीउने हो भने सोचे भन्दा धेरै माथि हुन्थ्यो होला यो मानब । गीता जी साहित्यमा प्रगतिको कामना

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin