kavita

कबिता‏

परदेशी,,,,,,,!

सात समुन्द्र पारि
पोल्टोभरि भरि माया
आँखाभरि भरि छायाँ
रिदयभरि तस्बिर साँचेर
छोटो समयमा
लामो अतीत र बर्तमान बिर्साउन
मुटुभरि जिबनसाथीको प्यार बोकेर
पल पलको सम्झना साट्न
सुटकेसभरि मायालुलाई उपहार बोकेर
क्षत बिक्षत कल्पनामा डुबेर
बादल माथि माथि भबनासँगै उडेर
सपरिवारको यादमा भाबबिहल्वल हुदै
बर्षौ पछिको आस र प्यास मेटाउन
इन्द्रेनीको हार उपहार बोकेर
बिछोडमा ढल्पलिएको आस्था जगाउन
कति आउँछ.........कति हराउँछ.........
सिमानाको सुरक्षा गर्दा
रोबट बनेर मेसिनसग खेल्नु पर्दा
गोली र बारुदको सुरक्षा गर्दा
अर्काको अधिकारमा कैदी भएर
कोही हात हराएर साथ माग्न आँउछ
कोही खुटा हराएर बैसाखी माग्न आँउछ
कोही ज्यान गुमाएर चिहान माग्न आउछ
मस्त जवानीमा चुरा फुटाएर
अतीत र बर्तमान सगाल्दै
आउन चै आउछ पत्र फोन
छोटो समयमा
लामो अतीत र बर्तमान बिर्साउन

दिलिप योन्जन
अस्टिन, अमेरिक

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin