kavita

कबिता

स्रोह श्रृङ्गारमा‏,,,,,,,,,,

स्रोह श्रृङ्गारमा सजिएर खूसि बाड्न सक्छे नारी
परीआएँ देशको लडाईं लड्नपनी सक्छे नारी
मैदानमा उत्रिएर छाती थाप्न सक्छे नारी

घुम्टो भित्र अल्झिएका कुसंस्कारलाई फ्याँकी
प्रेरणालाई जगाउँछे हौसेलालाई अगी डाँकी

हातसँग हात मिलाई साथ दिन सक्छे
काँध माथि काँध जुधाई भर दिन सक्छे
सारा तीम्रा दु:ख जती बोकी हाँस्न सक्छे

आमा छोरी बुहारी दिदी बहिनी भएरनी
सबै भन्दा अगी हुन्छे चुलोचौको भ्याएरनी

भेदभाव तीम्रा मनका आक्रोसका ज्वाला
कम्जोर देख्ने तीम्रो बानी निकालेर फाल

पदवी र मान जती उसैका साहस हुन
जस्ले देशलाई यौदादिएँ उसैका सन्तान हुन

गीता थापा (दोषि)
ईजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin