शन्देश मेरो आमालाई !
आमाको न्यानो काख छोडी
बिरानो गाउँको झ्यालखानामा बस्दैछु,
ईच्छा र चाहनाका भाब तोडी
समयको प्रतिपल आयु मै खस्दैछु ।
जुरेकै हो यती भनुँ भने
ज्योतिष र जन्मकुण्डली हेराएको होइन,
लेखान्त नै हो यती सम्झु भने
भनिन्छ ! लेखिएर आएको कोही'नि छैन ।
भूतकालको सम्झनामा बर्तमान आज
भोलिको; सुन्दर भविष्य भनी खाका कोर्दैछु,
फाटेको मन,जलेको आत्मा,चर्केको मुटुको
आनन्दित तुल्याउँने उपचार बिधी सिक्दैछु ।
नगरी धर्म अनर्थ मन
बाँचेरै पनि मानबता खोजेर के नै मिल्छ र ?
नगरी कर्म ब्यर्थै जीवन
जिउँदै मरेको शिवाय अरु के नै हुन्छ र ?
छ्या-छ्या हृदय मेरो
प्यासी दिल छङ्-छङ्ग छहरामा पुग्ने आश राख्दैछु,
शितल हुनेहोला एक अञ्जुली पानीले द्वयात्मा
हरेक क्षण मनमा कल्पना,सपना,भावना गुन्दैछु ।
चञ्चले बतासीएको मन मेरो
हुरिबतासको बेगसरी,लाग्छ कुनै एउटा एक्ली चरी,
ब्रम्हाण्डमा किरा फट्याङ्ग्रा
आहारा पुरा गरी फर्किन्छे, साँझ गुँडमा बास बस्नेगरी ।
जस्तै-यस्तै छ दैनिकीको मर्म मेरो
के गर्ने ? कथाब्याथाको शन्देश यही नै म सुनाउँदैछु !
नपरे बिपत बाटैमा मेरो
चाँडै म अब आमाको पाऊमा दर्शन गर्न आउँदैछु ।
बाटोमा बिपती परे,
शत्रुको जित परे म बिदा लिउँला ।
नर्कमा यस्तै घटना घटे,
स्वर्गमा भेटौँला ! !
(मुनामदनको शैलीको भाबानुरुप आफ्नो यथार्थ भाब पोखाई !)
- अर्जुन दुङमेन्
बगदाद ।
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)