kavita

कबिता

“ पाए हुन्थ्यो ’’

आफै सँग भाग्ने आयु छेक्न पाए हुन्थ्यो ,
आफ्नो हातले आफ्नो भाग्य लेख्न पाए हुन्थ्यो !!
चखेवाको जोडी जस्तै भई उड्न पाए हुन्थ्यो ,
उनको मनको वेदनालाई चुड्न पाए हुन्थ्यो ! !

लालगेडी झैं आँखाभित्र अट्न पाए हुन्थ्यो ,
उनको दिलको प्यासहरू मेट्न पाए हुन्थ्यो !!
हात समाई सगरमाथा चढ्न पाए हुन्थ्यो ,
सँग बसी मुना मदन पढ्न पाए हुन्थ्यो !!

हाम्रो माया दुनियालाई देखाउन पाए हुन्थ्यो ,
हाम्रो नाम गिनिजबुकमा लेखाउन पाए हुन्थ्यो !!
उनको मनमा खुसियाली छर्न पाए हुन्थ्यो ,
बाँचुन्जेल सँग सँगै मर्न सँगै पाए हुन्थ्यो !!!

चकेन्द्र राई ‘कैदी’,
हाल : दोहा कतार

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin