kavita

कविता

               आँशु,,,,,,,,,,!

आकाशको कालो-कालो
बादल भै मडारीन मन लाग्यो
मुसलधारे बर्षा बनी बज्रीएर
बर्षि दिन मन लाग्यो
थाहा छ पग्लिएर जान्छ
तैपनि अशिना दाना बनी
खशी दिन मन लाग्यो !

धर्ति रुन्छ डाको छाडी
भन्दै किन मलाई यस्तो पिर
प्रकृति प्रेमी सुन्दर फाँटहरु
लछारिन्छन पछारिन्छन
छाँगा सरी खस्छन
बगी दिन्छन धमिलो भलहरु
अनायसै आतालिन्छन
अनि झुकी दिन खोज्छन
सगरमाथाका पनि शिरहरु !!

यो आत्मा खुशी देह खुशी
भित्र-भित्रै लुकी
बादलुले घुम्टो भरी
बर्षादको पानी बोकी
क्षितिजबाट बहि आउँदा
डढेलो गएको जंंङ्गल पनि हरीयाली
अनि जब बादलुले
आफ्नो घुम्टो उघारी दिन्छ
दृष्य सफा स्वच्छ अनि सुन्दर
हिमालहरुका किरण चम्किएसरी !!!

Arjun Rai
Administrative Assistant
F2-3B KBR / East LSA Operation
APOAE-09344, ID #43375
Baghdad, Iraq
E-mail: Arjun.Rai@kbr.com
Office:( 713-422-9682

1 comment:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin