kavita

कबिता

माया...........!

पहिले पहिले माया
पिप्पिरीको पात मा हुन्थ्यो,
पालाम् र ख्याली भित्र
बोलिने त्यो बात मा हुन्थ्यो,
आज काल त माया.......
कम्प्युटरको माउस मा हुन्छ,
दिउसै बास बस्नु पर्ने
होटेल गेस्ट हाउसमा हुन्छ।
खोइ के भनौ र माया
माया, माया जस्तो छैन अचेल।

साईबर सृस्टीको समय हो
यहाँ प्रेम,
टेलिफोनको तारमा हुन्छ
उत्सबमा मायालु लाई
दिने उपहार् मा हुन्छ,
अझ भनौ भने माया......
प्रेमिका को गलामा झुन्डिएको
हिरा को त्यो हारमा हुन्छ।

आज काल त
हुलाकीले ल्याउदैन प्रेम पत्र,
ल्याओस पनि कसरी र?
ईमेलले माया बोकेको यो पल!
ईमेलमा मात्र होइन आज काल त,
एस. एम. एस. मा पनि माया हुन्छ
एम. एम. एस. मा पनि मायै,
अफलाईनमा पनि माया हुन्छ
अनलाईनमा पनि मायै,

हिजो को सम्बोधन
सुनैको गजुर, सोल्टी हजुर।
आज काल किबोर्डमा टाईप हुदैन,
आज काल त।।
पहिले हू देखि हाउ,
अनि हाई र हेई
त्यस पछि त........,
मिस यु देखि किस यु पुग्छ,
यत्ति भये पछि डेटिङ बात सेटिङ हुन्छन
अनि सेक्स पछि एक्स।

पहिले ठुले ले माया मारे
ठुलीहरु कुमारी कन्या बस्थे रे
आज सेक्स पछि एक्स हुने ठुलीहरु
कुमारी आमा बन्न रुचाउछन
आज कालका ठुलेहरु पनि
कहाँ कम छन र यो रित मा?
कृष्ण लिला जस्तै जस्तै
साईबर लिला रचि रहेका छन्,
खोइ के भनौ र माया
माया माया जस्तो छैन अचेल।

राज रोबर्ट "अजनबी"


[महान बाणी बाट: के तिमी अरु जस्तै बन्न चाहन्छौ? यदि हो भने तिमीमा तिमीहुनुको अर्थ छैन!]

2 comments:

  1. raj.! kabita ta dami chha hai, keep up.
    ranju, darjiling

    ReplyDelete
  2. Raj jee yo satya ho, 50 % chaahi hai, ma pani sahamt bhae tapaiko kabita sanga,,,,,

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin