kavita

कविता

"प्यासी हृदयहरु !"

तिनै हुन बाटाहरु
तिनै उकाली, ओरालीहरु
तिनै हुन झरनाहरु
तिनै सल्लेरीका सल्लाहरु
तिमी त्यही थियौ
जहाँ म अनी तिमीथाहा थियो
ईर्ष्या गर्दै थिए
रमितेका वर पीपलहरु सबै खुशी होलान
देखेर यो हाम्रो पिडाहरु
छुट्टीनु हाम्रो बिबशता
दिशा परिवर्तनका यात्राहरु
त्यही गोधुली साँझ
समाएकी थियो तिमीले यि मेरा हातहरु
गरेकै त हुँ मैले पनि प्रतिज्ञाका बातहरु
तर आखिर आज किन?
बाध्यता नै रहेछ हाम्रो मायाको कशी
किन होला हे दैब ! यस्तो सजाय,
बिताउनु पर्ने दिनहरु तिमी बिनाको
उजाड मरुभूमि यो संसारमा बसी
यता हेर्‍यो, उता फर्क्यो
उजाड बाह्रमासे खडेरी सरी
कहिले काँही त तिम्रा नयनमा रसाउदै होलान
बोकी मिर्मिरेका सितका थोपा गहभरी-भरी
बारुली लाग्दो होला,
अनी, पिउछौ पानी उही शितका थोपा सरी
कहालिन्छौ होला,
एकलै, एकान्त अनी दोबाटोमा परी
तिमी नढाँटिकन भन,
खोज्दै होलान मलाई तिम्रा प्यासी हृदयहरु
खोली स्वागतद्वार बोकी पुष्प गुच्छाहरु
त्यसै गरी यि मेरा प्यासी हृदय भौतारिएर
भात्काउदैछन ति हामी बिचका बारहरु
हाम फाली नाघ्न खोज्छन झस्किएर
खाली पैतालाले ति काँडे तारहरु
तिमी बिनाको यो रित्तो जिन्दगी
जहाँ गएपनी भिज्दैन रस
गन्दै ति दिन, हेर्दै ति दोबाटाहरु
घमाईलो त्यो आँगनीमा पर्खि बस ।

- अर्जुन दुङमेन्
बेल्टार-२, उदयपुर
हाल: बघदाद, इराक

[भाग्यको कल्पना मुर्खले मात्र गर्छ- योगबषिष्ठा]

1 comment:

  1. parkhi base aaulaa vani mero uthne paalo.....

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin