आमा तिमीले छाडेर जाँदा.....!
संसार सबै आफनै लाग्थ्यो
खुसी सबै मेरै लाग्थ्यो
जिवनमा शोकको बाढी आउँदा
अनायासै जिवनमा पहिरो जाँदा
ममताले भरिएको कोमल
मुटु छिया छिया भएर फाटिदिदा
जाली रुमाल झै बुनेका सपनाहरु
छरपस्ट भुइभरी छताछुल्ल पोखीदा
कलम बाट कविता होइन
आँशु बग्दो रहेछ भक्कानीएर मुटु फुट्दो रहेछ
आमा तिमीले छाडेर जाँदा ||||२
आकाश नै खस्दो रहेछ धर्तिनै फाटदो रहेछ
ममता लुटिएर एक्लो हुँदा
खोर्सानी लगाएको घाउझै यो मन
मुटु चहराएर पोल्दो रहेछ
पदचाप आफै रोकीदो रहेछ
अश्रुधारा बग्दो रहेछ
कलम कोक्काइ कोक्काई रुदोरहेछ,
सृष्टिनै कम्पमान हुदोरहेछ
आमा तिमीले छाडेर जाँदा …२
किनेर कतै नपाइदो रहेछ
खोजेरै पनि नभेटिने रहेछ
साईनो गासेर नजोडीने रहेछ
आमामा आत्मियताको भंडार रहेछ
यो पल शोकले छोइरहेछ यो नयन साउन झै रोइरहेछ
आमा तिमीले छाडेर जाँदा |||२
कति निष्ठुरी रहेछौ ईश्वर
आमाको माया खोसीदियौ
मैनबत्तिकॊ शिखाझै पग्लीरहेछु
आशुकै सागरमा डुबिरहेछु
आमालाइ लग्यौ टपक्कै टिपेर
पहिरो जस्तै भत्किरहेछु
असहज समय गुजारी रहेछु
आमा तिमीले छाडेर जाँदा |||२
सुनिता गिरी
हङकङ
[नोट: सम्पुर्ण हाम्रा शुभचिन्तकहरुमा धन्यबाद टक्राउन चाहान्छु यस दुखद क्षणमा आफनो आफनो स्थानबाट हाम्रो परीवारलाइ सान्त्वना र शान्तिको कामना गर्नु भएकोमा यहाँहरु प्रति आभारी छु । -सुनिता गिरी]
सुनिता जी धेरै नै दुख लाग्दो भयो, यस्तै छ दुनियाँ जन्मनु र मर्नु यसको रित रे, मन बुझाउनुहोस, र ईस्वरले सदा सदा तपाईंलाई यो पिंडा सहने क्षमता प्रदान गरुन र मृत आत्माको चिर शान्तीको कामना गर्दछौ।
ReplyDeleteजन्म दियौ आम तिमिले,
ReplyDeleteदश धारा दुध पनि पिलायौ,
सन्तान मर्ला भनी रातहरु
पिर पिउँदै काँचोनै बितायौ,
तिम्रो दुधकोभारा कहिले तिर्न
कहाँ सक्छौं र आमा ज्यानै
दिएर हजुरलाई हामी गएपनि,
\\\\\श्रद्वासुमन !!!///////
mitho aamaapratiko bhawana sunita jee. ati ramro . sadabhaawa ra shantiko kamana gardachhu.thnx.
ReplyDeletemalai..ani mero dukhi kabita lai hajur haru ko santwonale dherai nai sahanubhuti diyeko chha ..plz..yaha haru prati aavari chhu ma yo dukha ko sagar madubeko bela,.... thx so much..sunita
ReplyDeleteसुनिता जि अति राम्रो र सबैको मन छुने कबिता लेख्नु भएकोमा धन्यबाद के गर्ने संसारको चलन अनुसार चल्नै पर्नेरहेछ।तपाईको परिवारमा आएको यस दुखद घडिमा ईस्वरले सदा सहने सक्ति प्रदान गरुन!
ReplyDeleteसुनिता जी,
ReplyDeleteआमा को यादमा लेख्नुभएको तपाईंको
बिह्वल र रोदात्मक कबिता पड्दा म पनि
बिह्वल भए,निस्तब्ध भए। जन्म पस्च्यात
मृत्यु नित्यान्तछ। यो टारेर टर्दैन। म पनि
भर्खर मात्र नेपाल बाट आएकोहु बुवाको बर्ष दिनको
काम सकेर। यहाँ हरु को सम्पूर्ण परिवारलाई भगवानले
सहने शक्ती प्रदान गरुन। ब्रुस्सेल्स
thank you sunita jee your poet is very nice need to friendship too you can we bee a friend rammaniadhikari@yahoo.com email me ok bye
ReplyDeleteRam Mani Adhikari
Nuwakot Budhasing 8 Nepal
Now UAE
www.rammani.blogspot.com
rammaniadhikari@yahoo.com
rammaniadhikari@hotmail.com
rammaniadhikari@gmail.com
great one. enjoyed reading it
ReplyDeleteKris
Michigan
AAMA LAAII MUMMI BHANERA BAIJAT GARNEHARUKO BICHAMAA TAPAILE RAMRO KABITA KORDA MALAI DHERAI KHUSI LAAGYO SUNITA JEE, FERI FERI PANI PADHANA PAAU HAI,,,,,
ReplyDelete"आमा मात्र त्यस्ती हुन्, जो चार टुक्रा स्याउ आफ्ना पाँच सन्तानलाई बराबरी बाँडेर खुवाउन सक्छिन्। " आमाको महत्व र गरिमा अपरम्पार छ, संसारका सबै आमाहरुलाई मेरो सलाम, जसले आफु धर्ती भएर आफ्ना सन्तानका दु:ख हरु खपेकी छिन्। धन्य मेरी आमा जसले मलाई संसार देखाइदिइन्। " जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी ।"
ReplyDeleteSunita jee, thank you so much for the great poem. plz keep it up........