kavita

कबिता

नांगो मान्छेको मुर्ती............. ,

रोमन शासकको असभ्यता भनौ कि
तत्कालीन समयको चलन भनौ
सारा दुनियाँलाई अङ देखाउने
त्यो नाङ्गो मान्छेको मुर्ती हो ।
समान्ती शासकले मान्छेलाई
पशुसरह व्यबहार गर्ने
लुगा पनि लाउन नपाउने
त्यो नंङो मान्छेको मुर्ती हो ।
यथार्थतालाई उजागर गर्ने
यौनाङ्को नमुना स्वरुप
देख्ने जति सबैमा वासना जगाउने
त्यो नाङो मान्छेको मुर्ती हो ।
शहरमा पहरा दिइरहेजस्तो
चौक र राजमार्गमा ठिङ्गा उभिएर
हातमा मसाल र हतियार लिइरहेजस्तो
त्यो नांगो मान्छेको मुर्ती हो ।
कोठाहरुमा सजिने नांगो महिलाको रुप
पुरुष कलाकारको वासनाको अभिब्यक्ती
लाजै नमानी सबैथोक देखाउने
त्यो नांगो मान्छेको मुर्ती हो ।
नग्नतलाई पच्य बनाउन हो वा
आफ्नै जातिको खिल्ली उदाउन हो,
मानव सभ्यताको उपहास गर्ने
त्यो नाङ्गो मान्छेको मुर्ती हो
प्रस्तर युगको अवशेश हो व
कथित आधुनिकताको चारअमोत्कर्श
छाडापनको पराकाश्टाको उदाहरण
त्यो नाङ्गो मान्छेको मुर्तिको हो ।
किन बनाउन लगाए शासकले
किन कुँदे कलाकारले बर्षौ साधनाले
वासनाको अभिब्यती दिने
त्यो नांगो मान्छेको मुर्ती ।
आज पनि उतिकै प्रासङ्गिक
नग्न संस्कृतिलाई बढावा दिन
खोप्दै छन्, चित्रण गर्दैछन्,
कलाकारहरुले
त्यो नांगो मान्छेको मुर्ती ।

दुर्गा खरेल
ईन्द्रपुर्-८ मोरङ

[स्वतन्त्रताको महत्व, गुमेको बेलामा मात्र थाहा हुन्छ।– भिक्टर]

1 comment:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin