kavita

कबिता

धोका दियो निष्ठुरीले ले
भन्दै तिमि रुन्छौ अरे
घायल बनि अनायासै
आसुले मुख धुन्छौ अरे
कान फुक्ने दुनियाको
पछि हेर्ने बानि हुन्न
खिन्नतालाइ सजाएर
तिनैको बात सुन्छौ अरे
बिवशतामा रुमलिनु
बेका र्को मनको जलन्
वसन्त को वहार पन्छाइ
खडेरि नै चुन्छौ अरे
डालि गुच्छा मन्जरिमा
सुवासना ले प्रीत छर्दा
बैमानि को नाम दिदै
मन् मा कुरा गुन्छौ आरे
यदा कदा अनायासै
टोलाएर खित्खिताउदै
बेहोसिता सजाएर
पागल जस्तै हुन्छौ अरे
झुटो मिथ्या बातहरु
सरमले नपचाउदा
अर्थहिन् जीवन् सम्झि
मृत्यु लाइ नै चुन्छौ अरे

बस्नेत दीप
जल्जला-६
चुङ्खुरुङ्
शङ्खुवा-सभा

3 comments:

  1. deepak bhai tapain ko pryash dherai ramro chha
    keep it up.dharma_qat@yahoo.com

    ReplyDelete
  2. Deepak soalti dherai ramro 6 .I want to see you again by.

    ReplyDelete
  3. कबित धेरै राम्रो लाग्यो। यो राम्रो कबित को लागि धन्यवाद । अझ राम्रा रचना दिदै जानुस् है ।

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin