kavita

कबिता

अलिखित संबिधान......!

सधैंको रित्तो हात, रित्तो मन
फर्कन अभ्यस्त आइमाई,
मेरो चाउरिएको हाँसो उठ्ने
मरन्च्याँसे अनुहार,
सदियौं देखि यसैगरी बाँचेको थिएँ ।
बाँचिरहे उनै नर्तकिहरुको निम्ती
हजारपल्ट त्यहीं एउटा लाश
बाँचेर आएको जीवनभित्र
नर्तकिहरुको ताण्डब नाच नाच्दा
मेरो छाती क्षत-बिक्षत भएको थियो ।
म त हिंजो आफ्नै बिम्बहरुमा
रम्न खोज्ने स्वतन्त्र अस्तित्वको प्रतिक,
जसमा बुढो रुखको बेमौसममा
टुसाएको मुनाझैं असुहाउदिलो बनिदिएछु,
त्यसैले मेरो अस्तित्व गुमेछ अनि,
आज् बैरी सामु नाङ्गिएको छु।
बिना अस्तित्व एउटा निस्सार संसारभित्र
म बाँचीरहेकी छु।
मेरो चित्कारले आक्रन्त परिबेश
महाशुन्य भित्रद्वन्दहरुका लप्काले,
अझ कुरुप बनेकी आइमाई
म टुसाउँदै थिएँ
खडेरीले मेरो यौबन लुट्यो,
फुल्नु मेरो अनिबार्यता थियो।
तर कोपिला बाटै बलत्कृत हुदै आएँ
अचेतन अवस्थामा रित्तिएर
आएको जिबन जहाँ पुग्छ जहिले पनि
म उहि रित्तिएको आइमाई,
जुन पर्दाभित्र अलिखित संबिधान हुँ।

सुजता राई
श्री सुर्योदय नि. मा. बी.
ठुलो दुम्मा, भोजपुर

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin