समर्पणः उसैलाई जस्को नाम कोरिएको छ …
रहर बनेर बगेथ्यो यो मन छहराछाँगा सँग खेल्दै कतै संगम होला कि भनेर
न्यानो अँगालोमा च्यापेर हिंडेथे मायाहरु, दोभानमा उसैलाई भेट्छुकी भनेर।
जताततै खहरेसँग ठोक्किदै बग्नु पर्यो,उर्लिदैं गरेको छाल झैं बनेर,
नादान यो जिन्दगि यो जिउनु पर्यो, आज अन्जान पिरतिको मौन तस्बिर बोकेर।
वहार बनोस् त्यो जिन्दगीमा खुशिहरु मुस्कुराई रहनु ति ओठहरु
धान्नै नसक्ने जे छ जति छ देऊ मलाई तिम्रा ति दुख्ने सबै चोटहरु
ईश्वर छन् तिम्रा पाईला पाईलामा मेटि दिने दुर्भाग्यको खोटहरु
यो बिचलन दुनियाँमा कहाँ चल्दो रैछ र हजुर कुल्चिएका नोटहरु ॥
तिम्रा ति पाईलाहरुले उच्चाईलाई छुदै बढोस् शिखरको वरि परी
मिलन सधै सुमधुर बनि रहोस् ऊ यात्रि संग आकाश र धर्ती सरी
लाखौ पटक म जन्मन सक्रँ दुनियाँमा वधाई दिनलाई यसै गरी
ईन्कार नगरि देऊ यी मेरा भावनाहरुलाई बिन्ति छ तिमिलाई सधै भरी ॥
- अज्ञात
{धन्यवाद छ यस कबिताका लेखक जी, तपाईंले पठाउनु भएको कबिता पायौ खुशी
लाग्यो तर एउटा कुरा अचम्म किन तपाईंले आफ्नो नाम खुलाउनु भएन? अज्ञात
भनेर छोड्नु भयो? र तपाईंको कबिता अबस्य हाम्रो ब्लग मा समाबेश भएको छ,
आशा छ आगामी दिनहरुमा पनि सम्झना गर्नु होला - भोजपुरे ब्लग}
दुनियाँ यति ठुलो पनि छैन, जो सबै सँग अन्जान होस्,
ReplyDeleteदुनियाँ यति सानो पनि छैन, जो सबै सँग चिनजान होस् !!
दिन को उज्यालो मा लुक्ने हरुलाई नसोधेनी हुन्छ हजुर,
किनकी, अन्धो खेल मा ज्युदो हरुको यहाँ बदनाम होस् !!
दुर्गा
आफ्नो घरलाई छाप्रो सम्झि अन्तै कतै सरेपछि,
ReplyDeleteआफ्नै आमा बिरानो हुन्छिन घरलाई माया मारेपछि,
आमाको कोख त सधैं न्यानो नै रहन्छ आफ्नो सन्तानको लागि
के गर्छिनर आमापनि आफ्नो सन्तानलाई अर्काकी आमा प्यारो लागे पछि।